बाँफिकोटमा आज उम्मेदवारी दर्ता नहुने

प्रचण्ड खत्री
रुकुम पश्चिम, ११ बैशाख ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा आइतबार (आज) उम्मेदवारी दर्ता नहुने भएको छ । जिल्लामा गठबन्धनको बैठक बसिरहेको र त्यसको निर्णयमा पर्खिरहेको छन् ।
आइतबार १० बजे देखि उम्मेदवारी दर्ता हुने भनिएता पनि गठबन्धनको निर्णयमा पर्खिरहेको सहायक निर्बाचन अधिकृत दुर्गाबहादुर ओलीले जानकारी दिए ।
रुकुम पश्चिमका कुनै पनि स्थानीय तहमा आइतबार उम्मेदवारी नहुने निश्चित भएको हो । एमालेले मात्र उम्मेदवारी दिने तयारी गरिरहेको छ ।






