डोटीमा मतदान अधिकृत चढेको जिप दुर्घटना

डोटी,१ मंसिर ।

निर्वाचन सामाग्री बोकिरहेको जिप बिहीबार डोटीमा दुर्घटना भएको छ । बडीकेदार गाउँपालिका वडा नं ५ अत्तरकाँडामा जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी मतदान अधिकृत दिनेश सिं रैखोला घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाका अनुसार सिलगढीबाट निर्वाचन सामाग्री र कर्मचारी बोकेर जिप बडिकेदार गाउँपालिका वडा नं ५ मार्काेट स्थित मतदान केन्द्र गइरहेका बेला ब्रेकफेल भएपछि दुर्घटना भएको हो । सो जिपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहेको थियो ।

कान्तिपुर

डोटीमा मतदान अधिकृत चढेको जिप दुर्घटना

सबथोक भएको प्रतिस्पर्धात्मक समूह

डोटीमा मतदान अधिकृत चढेको जिप दुर्घटना

घरटहरा हटाउने सरकारी सूचनाविरुद्ध खबरदारी ¥यालीसभा

Leave a comment

Your email address will not be published. Required fields are marked *