सबथोक भएको प्रतिस्पर्धात्मक समूह

पेरिस,१ मंसिर ।
कतार विश्वकपको समूह ‘एच’ त्यस्तो छ, जसमा सबथोक छ जस्तो लाग्न सक्छ । जस्तो, यसमा दुईपल्टको विश्वकप विजेता उरुग्वे छ । विश्वकपमा लगातार खेलिरहेको एसियाली मुलुक दक्षिण कोरिया पनि छ । त्यस्तै अफ्रिकाबाट ऐतिहासिक प्रदर्शन गरेको टिम घाना छ । क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि छ । छैन त सबथोक । चार टिमले चारै महादेशको प्रतिनिधित्व गर्नेछन् । यस्तोमा दक्षिण अमेरिका, एसिया, अफ्रिका र युरोपका टिम छन् यसमा ।
अबुधाबीमा अभ्यासपछि विश्राममा रहेको उरुग्वेली फुटबल टोली । विश्वकप भनेको हुनुपर्ने यस्तै त हो । अझ उरुग्वे त दक्षिण अमेरिकाको ऐतिहासिक फुटबल शक्ति हो । दक्षिण अफ्रिकालाई एसियाली फुटबलकै सबैभन्दा ठूलो शक्ति नभनेर सुख छ र ? अफ्रिकी फुटबलमा घानाको स्थान वास्तवमै ऐतिहासिक छ । पोर्चुगल त निर्विवाद युरोपेली फुटबलको पारम्परिक महाशक्ति नै हो । यो समूह एक प्रकारले सन्तुलित छ । यसबाट नकआउट चरण पुग्ने टिम यही हुनेछ भनेर ठोकुवा गर्न सजिलो हुने छैन ।
त्यसैले यो समूह आफैंमा कठिन पनि छ । उरुग्वेले विश्वकपको इतिहासमा सुरुआततिर दुईपल्ट विश्वकप जितेको थियो । उरुग्वेको टिम अहिले पनि कमजोर छैन । भलै, यसले विश्वकप जित्नेछ भनेर दाबी गर्न सकिन्न । टिमको सबैभन्दा ठूलो आस लिभरपुलका खेलाडी डार्बिन नुनेजमा रहनेछ अनि उनलाई अगाडि आक्रामणमा साथ दिने अर्का लिभरपुलका पूर्वखेलाडी लुइस स्वारेज हुनेछन् । स्वारेजलाई अचेल भेट्रान खेलाडी भने हुन्छ । तय छ, उनी आफ्नो अन्तिम विश्वकप खेलिरहेका हुन्छन् ।
दक्षिण अफ्रिकामा एउटा यस्तो समाचारको पर्खाइमा छ । जुन समाचार सकारात्मक भए, पूरा टिमको प्रदर्शन नै बेग्लै स्तरको हुनेछ । टोटेनहमका कोरियाली सन ह्युङ–मिन घाइते छन् । उनको चोट कति गहिरो छ वा छैन, त्यसबाट आधिकारिक तथ्य बाहिर आइरहेको छैन । दक्षिण कोरियाली समर्थक भने प्रार्थना गरिरहेका छन्, उनी चाँडै निको होस् र खेल्न सक्षम होस् भनेर । उनीविना दक्षिण कोरिया त्यस्तो टिम हुने छैन, जुन अपेक्षा गर्न सकिने थियो ।
घाना सन् २०१० को विश्वकपमा सेमिफाइनल निकै नजिक पुगेको थियो, निकै नमीठो परिस्थितिमा यो टिम बाहिरिएको थियो । फुटबल मन पराउने जो–कोहीलाई पनि लाग्नसक्छ, त्यतिबेला घानाप्रति अन्याय नै भएको थियो । भाग्यको खेल यति धेरै अन्यायी हुनुहुन्न । त्यतिबेला भएको के थियो भन्दा जतिबेला घाना र उरुग्वेबीचको खेल अन्त्यतिर थियो, घानाको निश्चित गोलको अवस्थालाई तिनै स्वारेजले बल हातले रोकेर गोल हुन दिएका थिएनन् ।
स्वारेजलाई पछि रातो कार्ड देखाइयो । अन्त्यमा खेल टाइब्रेकरमा गयो । विजयी हुने टिम उरुग्वे नै रह्यो । घानाको फुटबलले बेहोरेको त्यो चोट अझै पनि पुरिएको हुने छैन र लिग चरणमा उरुग्वेविरुद्धको सामना गर्न घानाका खेलाडी अझ राम्रो खेल्न पक्कै प्रेरित रहनेछन् । घानाले अफ्रिकी कप अफ नेसन्समा खासै राम्रो गर्न सकेको थिएन । तर, विश्वकप छनोटमा पनि घानाको प्रदर्शन ठीकठाक नै रह्यो । दक्षिण अफ्रिका तथा नाइजेरियासम्मिलित समूहको शीर्षमा रह्यो ।
समूहको चौथो तथा अन्तिम टिम पोर्चुगल तय छ । एकै खेलाडीको वरिपरि घुमेको हुनुपर्छ । ती हुन्, क्रिस्टियानो रोनाल्डो । तय जस्तै छ, रोनाल्डो आफू अन्तिम विश्वकप खेलिरहेका छन् । त्यसैले पोर्चुगल र रोनाल्डोले आफ्नो टिमका लागि ठूलै अपेक्षा गरेको हुनसक्छ । रोनाल्डोले कस्तो मानसिक स्थितिमा पोर्चुगलका लागि खेल्नेछन्, त्यसले टिमको यात्रा तय गर्न मदत गर्नेछ । सबैलाई के थाहा छ भने पोर्चुगलमा रोनाल्डोमात्र होइनन् ।
कान्तिपुर





