जहरेमा मोटर साईकल र ट्रक ठोकिदा एक जना घाईते

दिलिप ढकाल
सुर्खेत, २७ असार ।
भेरीगंगा नगरपालिका वडा नम्बर ९ जहरे बजार मा ट्रक र मोटर साईकल ठोक्किदा मोटर साईकल चालक घाईते भएका छन् । छिन्चु बाट मेहेलकुना जादै गरेको ना २ क २२३ नम्बर को मालबाहक ट्रक र झिग्नी बाट जहरे बजार हाईवेय निस्किदै गरेको भे ९ प ६६८४ नम्बर को मोटर साईकल ट्रकको पछिल्लो भागको टायरमा ठोकिएर दुर्घटना भएको अस्थायी प्रहरी बिट जहारेका हवल्दार खड्का प्रसाद न्यौपाने जानकारी दिए ।

उनका अनुसार ट्रक चालक तथा सह–चालक गाडी छोडेर फरार भएका छन्। मोटर साईकल चालक बर्ष २५ का प्रेम बहादुर वली को खुट्टा फ्याक्चर भएको र स्थानिय अनमोल पोलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगंज रिफर गरिएको समेत उनले जानकारी दिए ।






