गुर्भाकोटमा मजदुर मृत्यु प्रकरण : सहमति पछी आफन्त द्वारा आन्दोलन स्थगित

दिलिप ढकाल
सुर्खेत,२६ असार ।

गुर्भाकोट नगरपालिकामा स्वास्थ्य सेवा दिई रहेको एक मात्र सरकारी अस्पताल मेहेलकुना अस्पतालको बन्दै गरेको भवनमा ग्रीलको काम गर्दै गर्दा करेन्ट लागेर गुर्भाकोट नगरपालिका वडा नं. ६ केरेनी निवासी १७ बर्षका बिजय बिकको ज्यान गएपछि आक्रोसित बनेर बजार क्षेत्रमा टायर बाल्दै बिरोध प्रदर्सन गरेका आफन्ती हरुले सहमति पछि बिरोधका कार्यक्रम स्थगित गरेका छन् ।

अस्पताल प्रसाशन , स्थानिय सरकार र ठेकेदार बीच मृतकका आफन्त लाइ उचित क्षतिपूर्ति दिने सहमति भएको बताईएको छ । सहमति अनुसार मृतक लाई मृत्यु पछि प्राप्त हुने रकम उपलब्ध गराउने, काम गर्दा गर्दै घाईते भएका भुपेन्द्र बिक लाई मेहेलकुना अस्पाताल भित्र उपलब्ध हुने स्वास्थ्य उपचार निशुल्क गर्ने परिवारको सिफारिसमा परिवारको एक जना सदस्य लाई मेहेलकुना अस्पतालमा रोजगारीको ब्यबस्था गर्ने र मृतकका भाई लाई पनि निशुल्क स्वास्थ्य उपचार गर्ने गरि ४ वटा सहमति भएको मेहेलकुना अस्पतालका मे.सु डाक्टर सोजन सापकोटाले जानकारी दिए ।

मृतकको सब मेहेलकुना अस्पतालमा राखिएको र भोलि पोस्टमार्टम पछि अन्त्यस्टी गरिने आफन्तिले जानकारी दिएका छन । मेहेलकुना प्रहरी चौकीमा छलफल पछि उक्त सहमतिमा पुगिएको हो । यस अधि आफन्ती हरुले अस्पतालाले उक्त घटनाको जिमेवारी लिनु पर्ने र उचित क्षतिपूर्तिको माग राख्दै मेहेलकुना अस्पतालको गेट आगाडी र मेहेलकुना को मुख्य बाजार चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

 

गुर्भाकोटमा मजदुर मृत्यु प्रकरण : सहमति पछी आफन्त द्वारा आन्दोलन स्थगित

सामान्य परिवारबाट शिक्षकदेखि अधिकृतसम्म

गुर्भाकोटमा मजदुर मृत्यु प्रकरण : सहमति पछी आफन्त द्वारा आन्दोलन स्थगित

जहरेमा मोटर साईकल र ट्रक ठोकिदा एक

Leave a comment

Your email address will not be published. Required fields are marked *