वालुवासँग्रही आसपासका स्थानीय ६ महिना देखि सञ्चार विहिन

दुर्गा वि सि
सल्यान,२७ असार ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा,११ र ७ का केही वस्तिका स्थानीयहरु यतिखेर सञ्चार विहिन छन् । नगरको वालुवासँग्रही वजार,धारापानि रैकर वजार,ढोरपिपल लगाएतका क्षेत्रमा ६ महिना देखि फोन सेवा अवरुद्ध वनेको छ ।

आँपचौरमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएको कुरा क्षेत्रिय दुरसचार कार्यालय सुर्खेत र शाखा कार्यालय छिन्चुलाइ पटक पटक ताकेता गरे पनि कुरा नसुन्नेको लक्ष्मि हार्डवयरका प्रोप्राइट्र लोकेन्द्र वलिको गुनासो रहेको छ ।

फोन सेवा अवरुद्ध भएको १ वर्ष वित्न सुरु भयो,सबै निकाय,मन्त्री,संसद सबै माझ कुरा राखियो तर कुनैले वास्ता नदेखाएको वलिको दुखेसो छ ।तत्कालीन जनप्रतिनिधि तथा स्थानीय सरकार समक्ष समेत समस्या दश्राउने काम भयो त्यहाँबाट पनि कुनै वास्ता नभएको जनाएको छ ।

धारापानि,वालुवासँग्रहि,ढोरपिपल लगाएतका व्यापारीक र वजार र गाउँ वस्तिका नागरिक फोन सेवाबाट विमुख भएको दुखेसो पोखेका छन् ।टावरमा कहाँ कसरी खराबी आएको हो भन्ने कुरा समेत हेरदेख गर्न नआउनु राज्यको निकाय वेखबर बन्नुले सेवाग्राही मारमा परेका छन् ।

वालुवासँग्रही आसपासका स्थानीय ६ महिना देखि सञ्चार विहिन

जहरेमा मोटर साईकल र ट्रक ठोकिदा एक

वालुवासँग्रही आसपासका स्थानीय ६ महिना देखि सञ्चार विहिन

भेरि नगरपालिका रिम्नामा लिप्ट सिचाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *