मौन अवधिमा फेसबुकबाट भोट माग्न पाइन्छ कि पाइँदैन?

काठमाडाैं । स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेबाट शुरू हुँदै छ।

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधिलाई मौन अवधि भनिन्छ। स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदै छ।

मौन अवधिभर कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफलमा सामूहिक मस्तिष्क मन्थन गर्न नपाइने निर्वाचन आचारसंहिता २०७८ मा व्यवस्था गरिएको छ।

त्यसो भए फेसबुक, ट्विटर, टिकटक आदिबाट भोट माग्न पाइन्छ कि पाइदैन? सामाजिक सञ्जालबाट पनि भोट माग्न पाइदैन।

आचारसंहिताको ५ (छ) मा भनिएको छ, ‘मौन अवधिमा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न पनि पाइदैन।’

मौन अवधिमा फेसबुकबाट भोट माग्न पाइन्छ कि पाइँदैन?

श्रीलंकाः ५० भन्दा धेरै शीर्ष नेताको घरमा

Leave a comment

Your email address will not be published. Required fields are marked *