युवा संघ नेपालको ८ औं पूर्ण बैठक कुपिण्डे तालमा

दुर्गा विसि
सल्लीबजार, २८ माघ ।
सल्यान नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीको ८ ओैं पुर्ण बैठक फागुन ३ गते सल्यानको कुपिण्डे तालमा बस्ने भएको छ । बैठकमा पार्टीका महासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त बैठकमा नेकपा एकीकृत समाजवादीका शिर्ष नेताहरु,युवा संघ नेपालका केन्द्रिय कमिटीका पदाधिकारी, स्थायी कमिटी सदस्यहरु, केन्द्रिय सदस्यहरुको उपस्थित रहने युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी अध्यक्ष अनिल बोगटीले बताए ।
त्यस्तै बैठकको लागि कर्णाली प्रदेशका जिल्लाहरु जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, रुकुम पश्चिमका जिल्लाका इन्चार्ज/सह–इन्चार्ज, अध्यक्ष तथा युवा संघ नेपालका नेता कार्यकर्ताहरुको सहभागी हुने बोगटीले बताए । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल कर्णाली प्रदेशले पर्यटकीय क्षेत्रलाई पनि प्रचार प्रसार गर्ने र घुम्ती बैठक सञ्चालन गर्ने उद्देश्य रहेको अध्यक्ष बोगटीले बताए ।





