चुनावका दिन आन्तरिक हवाई सेवा बन्द हुने

स्थानीय तह निर्वाचनका दिन ३० वैशाखमा देशभरिको आन्तरिक उडान बन्द हुने भएको छ।

वायुसेवा सञ्चालक संघ नेपालले मतदानका दिन मानवीय उद्दार, सहायता उडान तथा सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै उडान बन्द गर्ने निर्णय गरेको हो।

संघमा आवद्ध सबै वायु सेवा कम्पनीले चुनावका दिन उडान बन्द गरिने प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिएका छन्।

निर्वाचन आयोगले मतदानका दिन यातायातका सबै साधनको आवागमन बन्द गर्ने निर्णय गरेको थियो। त्यसकै आधारमा आन्तरिक उडान बन्द गर्ने निर्णय भएको संघले विज्ञप्ति मार्फत जनाएको छ।

चुनावका दिन आन्तरिक हवाई सेवा बन्द हुने

हुम्लाका ७ गाउँपालिकामा कसले मार्ला बाजी ?

चुनावका दिन आन्तरिक हवाई सेवा बन्द हुने

कस्तो अवस्थामा मतपत्र बदर हुन्छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *