हुम्लाका ७ गाउँपालिकामा कसले मार्ला बाजी ? दलहरु कतै एक्लाएक्लै, कतै गठबन्धन त कतै स्वतन्त्र चुनावी मैदानमा

कालीबहादुर थापा
हुम्ला, २५ बैशाख ।
सात गाउँपालिका रहेको हुम्ला जिल्लामा ३६ जनाले अध्यक्ष पदमा र ४३ जनाले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् ।
बैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनको लागि बैशाख ११ र १२ गते भएको मनोनयनमा हुम्ला जिल्लाका ७ वटा गाउँपालिकाका अध्यक्षको लागि मात्रै २० जना र उपाध्यक्षको लागि २४ जनाले उम्मेदवारी दर्ता गरी चुनाबी मैदानमा उत्रिएका छन् ।
सिमकोट गाउँपालिका
गएको स्थानीय निवार्चन २०७४ मा नेपाली कांग्रेसका पदम बहादुर लामाले ५ हजार २ सय ७ मत मध्ये माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीबाट १३ सय ६५ मत प्राप्त गरी अध्यक्ष पदमा बिजय हाँसिल गरेका जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकामा यतीबेला अध्यक्षमा मात्र ४ जनाको उम्मेदवारी परेको छ ।
उक्त गाउँपालिकामा गठबन्धन दलको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज विजय भण्डारीको अध्यक्ष पदमा उम्मेदवारी परेको छ ।
गएको प्रदेश तथा संघीय निर्वाचनमा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, बर्तमान कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जिवन बहादुर शाहीबाट पराजित उम्मेदवार हुन् ।
यता नेकपा एमालेबाट गएको स्थानीय निर्वाचन २०७४ मा सोही गाउँपालिकाका बर्तमान अध्यक्ष पदम बहादुर लामाबाट पराजित उम्मेदवार महेन्द्र बहादुर शाही अबिरामले उम्मेदवारी दर्ता गराएका छन् ।
गएको निर्वाचनमा शाही माओबादी केन्द्रबाट चुनाब लडेका थिए भने यतीबेला उनी नेकपा एमालेमा प्रबेश गरेपछि एमालेले उनलाईनै उम्मेदवार बनाएको छ । बर्तमान अध्यक्ष लामाबाट झिनो मतान्तरले पराजित भएका थिए ।
एमालेबाट छुट्टीएर गएको एकीकृत समाजबादी पार्टीका उपाध्यक्ष तिर्थराज रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् भने सिमकोट कै नन्दबहादुर शाहीले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् ।
गएको निवार्चन २०७४ मा नेकपा माओबादी केन्द्रका बली रावतले स्वतन्त्र उम्मेदवारी दिई १३ सय ७५ मत प्राप्त गरी यतीबेला उपाध्यक्षको उम्मेदवारी दर्ता गराएकी सुशिला रोकायालाई पराजित गरेका थिए भने अहिले पनि गठबन्धनले उनलाई नै उम्मेदवार बनाएको छ ।
एमालेबाट उपाध्यक्षमा प्रतिमा लामा, नेकपा एकीकृत समाजवादीबाट गएको निर्वाचनमा नेपाली कांग्रेसकी सुसिला रोकायासँगै पराजित भएकी तत्कालिन नेकपा एमालेबाट उपाध्यक्षमा लडेकी तथा हाल एकिकृत समाजबादीबाट प्रेमा लामाको उम्मेदवारी परेको छ ।
गएको निर्वाचनमा उनले नेकपा एमालेबाट चुनाब लडेकी थिईन् । त्यस्तै उपाध्यक्षमा दीपबहादुर सिंहले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । यतिबेला उक्त गाउँपालिकामा ६६३६ मतदाता रहेको छ ।
खार्पुनाथ गाउँपालिका
खार्पुनाथ गाउँपालिकामा पनि पाँच दलिय गठबन्धनले नेपाली कांग्रेसलाई भाग दिएको छ । उक्त गाउँपालिका गएको स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसले बिजय हाँसील गरेको थियो । उक्त गाउँपालिका बर्तमान कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जिवन बहादुर शाहीको जन्म स्थान पनि हो ।
कांग्रेसका तर्फबाट अध्यक्षमा बर्तमान अध्यक्ष कर्णबहादुर रावललाई नै उम्मेदवार बनाएको छ । गएको निर्वाचनमा उनले ४७ सय २० मतदाता भएको समयमा माओवादी केन्द्रका सजक रावलबाट ११ सय १० मत प्राप्त गरी जित हाँसिल गरेका थिए ।
यतीबेला उनको प्रतिस्पर्धीमा नेकपा एमालेबाट गाउँ कमिटिका अध्यक्ष प्रकाश बहादुर शाहीको उम्मेदवारी परेको छ । माओबादी केन्द्रकी लक्ष्मीकुमारी योगी र स्वतन्त्रबाट बिरजंग शाहीको पनि उम्मेदवारी परेको छ ।
यता उपाध्यक्षमा भने नौ जनाको उम्मेदवारी परेको छ । अं बहादुर शाही, सजक रावल, शक्तिसिंह ऐडी, अप्सरा हमाल, चन्द्र बहादुर बुढा लगायत नौ जनाले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गएको निवार्चनमा उपाध्यक्ष पनि नेपाली कांग्रेशकी सिन्दु हमालले १०१८ मत प्राप्त गरी बिजयी भएकी थिईन् उनको जिप दर्घटनामा परि मृत्यु भए पनि भएको उपनिवार्चनमा एमाले र माओवादी एकै पाटी नेकपा भएको अबस्थामा एमालेकी रुपा शाहीले जित हाँसिल गरेकी थिईन् । यतिबेला यस गाउँपालिकामा ४०४७ मतदाता रहेका छन् ।
नाम्खा गाउँपालिका
नाम्खा गाउँपालिकामा पनि ४ जना अध्यक्ष र ५ जनाले उपाध्यक्षमा मनोनयन दर्ता गरेता पनि २ जना अध्यक्ष र २ जना मात्र उपाध्यक्षको चुनाबी मैदानमा रहेका छन् ।
यस अघि माओबादी केन्द्रका बिष्णु लामाले ८३३ र उपाध्यक्षमा पेमा तामाङ्ले ७०४ मत प्राप्त गरी बिजयी भएका थिए । यती बेला ५ दलीय गठबन्धनका कारण पुराना उम्मेदवारहरु ब्याक भएर गठबन्धनबाट माओबादी केन्द्रका प्रेमा लामा अध्यक्षमा र नेपाली काँग्रेसका टसी लामा उपाध्यक्षका उम्मेदवार रहेका छन् ।
यता सुर्य लामाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् यता नेकपा एमालेले आफु कमजोर भएको महसुस गर्दै अध्यक्षको उम्मेदवारी नदिएर उपाध्यक्षमा नरजन तामाङ्लाई अगाडि बढाएको छ । ३१८२ मतदाता रहेको नाम्खा गाउँपालिकामा पनि यती बेला कडा प्रतिस्पर्धा देखिन्छ ।
सर्केगाड गाउँपालिका
गएको निर्वाचनमा सर्केगाड गाउँपालिकामा नेकपा एमाले र माओबादी केन्द्रको गठबन्धन गरी माओबादी केन्द्रका कृष्ण रोकाया अध्यक्षमा र एमालेबाट जोसी धामी उपाध्यक्षमा निवार्चित भएका थिए । यती बेला पनि अन्य ५ दलिय गठबन्धन र नेकपा एमाले बिचको प्रतिस्प्रधा हुँने भएको छ ।
जिल्लाका ठुला नेताहरु मध्ये नेपाली काँग्रेसका चक्र बहादुर शाही, रिता शाही, ठान बहादुर रोकाया, मंगल शाही लगायतका नेताहरु, नेकपा एमालेका प्रदेश सांसद तथा पूर्व सामाजिक बिकास मन्त्री दल रावल र माओवादी केन्द्रका (हाल नेकपा माओबादी केन्द्र समाजवादी) का कर्णजित बुढाथोकी सोही गाउँपालिका नेताहरु हुन ।
उक्त गाउँपालिकामा पनि उम्मेदवाको जितहार भन्दा पनि अस्थित्वको लडाई हुने देखिएको छ । यतीबेला सर्केगाड गाउँपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसका नेता ठान बहादुर रोकाया अध्यक्षमा र माओबादी केन्द्रका चन्द्रसिंह कार्की मुक्ती उपाध्यक्ष पदका उम्मेदवार रहेका छन् ।
नेकपा एमालेबाट ज्ञामी बुमी अध्यक्षमा र उपाध्यक्षमा जुकुरा फडेरा बिच कडा प्रतिस्पर्धा हुने भएको छ । ६६८० मतदाता भएको उक्त गाउँपालिकामा यस अघिको निर्वाचनमा नेपाली काँग्रेसका मंगल शाहीबाट झिनो मतान्तरले १९२० मत प्राप्त गरी माओवादी केन्द्रका कृष्ण रोकाया बिजयी भएका थिए । भने उपाध्यक्षमा १८४५ मत प्राप्त गरी नेकपा एमालेका (हाल समाजबादी) का जोसी धामी बिजयी भएका थिए ।
यतीबेला सर्केगाड गाउँपालिकामा रंगमल रोकयाले पनि गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाबी मैदानमा रहेका छन् ।
यस अघि बैशाख १२ गते सर्केगाड गाउँपालिकामा ६ जनाले अध्यक्षमा र ७ जनाले उपाध्यक्षमा मनोनयन दर्ता गरए पनि सबैले फिर्ता गरेपछि अन्तिममा ३ जना अध्यक्षमा र २ जना उपाध्यक्षको लागि चुनाबी मैदानमा रहेका छन् ।
चंखेली गाउँपालिका
चंखेली गाउँपालिकामा गठबन्धन र स्वतन्त्र उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनले उक्त गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै नेपाली कांग्रेसलाई भाग नदिए पछि नेपालि काँग्रेसकै चर्चित नेता प्यारीलाल शाहीले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका छन् ।
यस अघि बैशाख १२ गते चंखेली गाउँपालिका ५ जना अध्यक्ष र ४ जना उपाध्यक्षले मनोनयन दर्ता गराए पनि ३ जना अध्यक्षमा र ३ जना उपाध्यक्षका उम्मेदवारहरु चुनाबी मैदानमा रहेका छन् ।
यस अघिको निर्वाचन २०७४ मा नेकपा एमाले र माओबदी केन्द्रले गठबन्धन गरी १२२४ मत प्राप्त गरी माओवादी केन्द्रका धनलाल चौलागाई अध्यक्षमा र नेकपा एमालेबाट बिमला कुमारी शाहीले १०२३ मत प्राप्त गरी बिजयी भएका थिए भने यती बेला यस अघि उपाध्यक्ष भएकी बिमला कुमारी शाहीलाई अध्यक्ष र उपाध्यक्षमा हंस ऐडीलाई उम्मेदवार बनाएर चुनाबी मैदानमा रहेका छन् ।
गठबन्धनको निर्णय अनुसार माओबादी केन्द्रका गोबिन्द बहादुर शाही अध्यक्षका उम्मेदवार रहेका छन् भने नेपाली कांग्रेसकी मैना बुढा उपाध्यक्षका उम्मेदवार रहेका छन् ।
त्यसैगरी स्वतन्त्रबाट नेपाली काँग्रेसका प्यारीलाल शाही अध्यक्षमा र उपाध्यक्षमा भैरब बहादुर तामाङ चुनाबी मैदानमा रहेका छन् यहाँ पनि कडा प्रतिस्पर्धा रहेको देखिन्छ यतीबेला चंखेली गाउँपालिकामा ३५४८ मतदाता रहेका छन् ।
अदानचुली गाउँपालिका
जिल्लाका ७ वटा गाउँपालिका मध्ये नेकपा एमालेले गएको निर्वाचनमा अदानचुली गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित ३ वडाहरु सेटसहित बिजयी भएको उक्त गाउँपालिकामा यतीबेला ४ जना अध्यक्षमा र ५ जनाको उपाध्यक्षमा उम्मेदवारी परेको छ ।
गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति मोहन बिक्रम सिंह र उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य कर्ण रोकाया सुधारको उम्मेदवारी परेको छ ।
गएको निर्वाचन २०७४ मा नेकपा एमालेका केन्द्रीय सदस्य दल फडेराले नेकपा माओबादी केन्द्रका दलु फडेरा सञ्जयबाट ८५ मतको फरकले बिजयी भएका थिए ।
यती बेला पनि उनै केन्दीय सदस्य फडेरानै चुनाबी मैदानमा होमिएका छन् । अघिल्लो निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसले बिना तालमेस चुनाबी मैदानमा थिए भने यती बेला गठबन्धन र एमाले बिच प्रतिस्पर्धा हुने भएको छ ।
कांग्रेसका जिल्ला सभापति नै गाउँपालिकामा चुनाब लड्न आएपछि हामी तलका कार्यकर्तालाई मर्का परेको भन्दै नेपाली कांग्रेसका नेता तथा गएको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षमा करिब ७ सय मत प्राप्त गरी पराजय भएका लोकेन्द्र भण्डारीले एमालेको साथ लिएर उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेले उपाध्यक्ष अर्को उम्मेदवार खडा नगरी नेता भण्डारीलाई नै उपाध्यक्षको उम्मेदवार बनाएको छ एकै दलबाट चुनाब लड्दा उपाध्यक्षमा महिला हुनु पर्ने भएकाले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् ।
संबिधान र कानुनले मिल्ने भए एमालेको सुर्य चिन्हबाटै एमाले भएरै लड्ने बताएका भण्डारीले आफ्नै सभापति मोहनबिक्रम सिंहलाई हराउन लागि रहेका छन् ।
उता माओबादी केन्द्र पनि आफ्नै मतले एकल जित्ने दाउमा रहे पनि गठबन्धनले गाउँपालिकामा आफ्नो पाटीको भाग नपरेको भन्दै जिल्लामा गाउँ कमिटिका अध्यक्ष हरीदल पुनको नाम फिक्स गरेको थियो तर पनि सिमकोटबाट गाउँ पुग्दा बित्तीकै नेता पुनको टिकटमा उपाध्यक्षमा कर्ण राकाया सुधारले उम्मेदवारी दर्ता गराएका छन् ।
उता समाजबादीले भने गठबन्दनबाट उपाध्यक्ष आफ्नो भागमा परेको तर नेपाली कांग्रेस र माओबादी केन्द्रले पेलेर लगेको भन्दै आफ्नो पाटी छुट्टै लड्ने भन्दै अध्यक्षमा गोरख थापा र उपाध्यक्षमा पबित्रा देबकोटासहित सबै वडाका वडा अध्यक्ष लगायतका पदाधिकारीको मनोनय दर्ता गराए पनि अन्ततः गठबन्धनको निर्देशन अनुसार वडा नम्बर २ र ५ मा वडा अध्यक्ष छोडेपछी उनीहरु दुबै जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
भने नेकपा बिप्लबका खड्क सिंहले पनि स्वतन्त्र रुपमा र उपाध्यक्षमा भने नेकपा माओबादी केन्द्र समाजबादीकी धनकौरा रावलले स्वतन्त्र उम्मेदवारी दिएर चुनाबी मैदानमा उत्रिएकी छन् । यता नेकपा एमाले प्रदेश कमिटिले अध्यक्षको टिकट अदानचुली गाउँ कमिटिका अध्यक्ष बुधे भण्डारीलाई दिए पनि एकै रातमा उक्त टिकट बर्तमान गाउँपालिकाका अध्यक्ष दल फडेरालाई दिएका छन् ।
अघिल्लो दिनसम्म आफुले टिकट नपाए गाउँ कमिटीको अध्यक्षबाट राजीनामा दिने भन्दै हिडेका बुध भण्डारीले भने आफुले पाएको टिकट रातै भित्र फडेरालाई बुझाएका छन् । आफु जित्न नसक्ने भएकाले उक्त टिकट फडेरालाई दिएर लड्ने सहमती भएको बताए ।
ताँजाकोट गाउँपालिका
जिल्लाको तल्लो क्षेत्रमा रहेका ताँजाँकोट गाउँपालिकामा पनि ८ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका पनि अन्ततः ४ जनाको अध्यक्षमा र ३ जनाको उपाध्यक्षमा उम्मेदवारी परे पनि माओबादी केन्द्रकै अर्जुन बुढा र अकबिर खड्काले आफ्नो उम्मेदवारी निष्कृय पारेका छन् ।
अध्यक्षको उम्मेदवारी दिएका अकबिर खड्काले गठबन्धनका उम्मेदवार लालकेश जैसीलाई एक लाखको माला लगाएर आफ्नो उम्मेदवार निष्कृय पारेको घोषणा गरेका छन् भने अब २ जना मात्र अध्यक्षका उम्मेदवार चुनाबी मैदानमा रहेका छन् ।
यस अघि पनि नेकपा माओबादी केन्द्रका बागदल मल्लले नेकपा एमालेका पूर्ण प्रसाद ढकाललाई हराउँदै १३६९ मत प्राप्त गरी अध्यक्षमा र १२९१ मत प्राप्त गरी माओबादी केन्द्रकै मञ्जु बुढा उपाध्यक्षमा बिजयी भएकी थिईन् ।
यतीबेला पनि गठबन्धनका साझा उम्मेदवारका रुपमा अध्यक्षमा लालकेश जैसी र उपाध्यक्षमा नेपाली काँग्रेसका सुरेन्द्र थापा चुनाबी मैदानमा रहेका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका तिलक बहादुर शाही र समाजबादीबाट सम्पती शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरी चुनाबी मैदानमा रहेका छन् । यस्तै नेकपा एमालेबाट अजमल बुढा र उपाध्यक्षमा एमालेकै रुपचन्द्रा ऐडी चुनाबी मैदानमा रहेका छन् ।








