हुम्लामा गठबन्धनमा आबद्ध दलका ‘बागी’ उम्मेदवारी फिर्ता गर्न निर्देशन

हुम्ला । गठबन्धनमा आबद्ध दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न जिल्लास्तरका प्रमुख नेताले निर्देशन दिएका छन् । शनिवार विहान विज्ञप्ती जारी गर्दै स्थानीय निर्वाचनमा बागी उम्मेदवारी यथावत राखे पार्टीको विधानअनुसार कारवाही गर्न चेतावनी दिएको छ ।

 

गठबन्धनमा रहेका दलहरूद्वारा संयुक्त रुपमा प्रकाशित विज्ञप्तीमा भनिएको छ, ‘केन्द्रीय सत्ता गठबन्धनले स्थानीय निर्वाचन २०७९ मा समीकरण गरेर जाने निर्णय गरेका कारण आगामी ३० वैशाखको स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारले पार्टीको अधिकारी गठबन्धनलाई सहयोग नगरे पार्टीको साधारण सदस्यसमेत रहने छैनन् ।’

हुम्लामा ११ वैशाख ०७९ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच दुुई दलीय गठबन्धनको निर्णय भएको थियो । सोहीअनुसार जिल्लाका सातवटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता भई निर्वाचनमा होमिएको छ ।

 

हुम्लामा गठबन्धनमा आबद्ध दलका ‘बागी’ उम्मेदवारी फिर्ता गर्न निर्देशन

घरदैलोमा व्यस्त ज्वाला !

हुम्लामा गठबन्धनमा आबद्ध दलका ‘बागी’ उम्मेदवारी फिर्ता गर्न निर्देशन

नेकपा एमाले सुर्खेतको मुखपत्र ‘मार्गदर्शन’ विमोचन

Leave a comment

Your email address will not be published. Required fields are marked *