घरदैलोमा व्यस्त ज्वाला !

दुर्गा विसी
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका– १ मा नेकपा एकीकृत समाजवादीबाट वडाअध्यक्ष पदका उम्मेदवार डम्बरबहादुर साहु (ज्वालाले)चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

उनलाई वडाबासीले विकास, राजनीतिमा खारिएका जनप्रेमि उम्मेदवार भन्दै मतदाताको समर्थन बढ्दै गएको छ । आफ्नो वडालाई समृद्ध बनाउनका लागि आफु चुनावी प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ ।

अघिल्लो निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले गरेको केही राम्रोकामलाई प्राथमिकतामा राख्दै अन्य विकास निर्माणकार्यका थुप्रै महत्त्वपूर्ण योजनाहरु अघि सारी उनी चुनावी मैदानमा होमिएका छन् ।मुख्य सल्लिवजारको ढल र नालाको समस्या अझैपनि उस्तै रहेको भन्दै त्यसलाई पूर्णता र पुर्नेसंरचना दिने पनि उनको भनाइ छ ।

वडाबासीको समस्या समाधानका लागि वडाबासीलाई नै परिचालन गरिने पनि उनको भनाइ छ । वडाबासीले यस्तै विकासप्रेमी नेतालाई जिताउने बताएका छन् ।२०५४ सालमा नेकपा एमालेको तर्फबाट देवस्थल गाविसको उपाध्यक्ष जितेका साहु हाल आएर जनता माझमा लोकपृय मानिन्छन् ।प्रकाश ज्वालाको जन्म गाउँ र साहुको गाउँ टोल एउटै पर्छ ।केन्द्रमा ज्वालाले बिद्रोह गरेसँगै उनले पनि ज्वालाको पार्टी नेकपा एकीकृत समाजवादी रोजेहाल उनी सबैको केन्द्र विन्दु १ नं वडाका वडा अध्यक्षका उम्मेदवारका रुपमा जनमतको हिसाबले अग्रपंक्तिमा छन् ।

उनको टिम केन्द्र र समाजवादी दलबाट वडा सदस्यमा लोगवहादुर वुढा अम्रा टोल,रिता वुढा सल्लिवजार,नेकपा माओवादी केन्द्रबाट वस्नेउरा टोलबाट वडा सदस्यमा इन्द्रलाल वुढा र वाग्चौर टोलबाट जयन्ती विकलाई उम्मेदवारी खडा गरि चुनावी मैदानमा होमिएको चुनाव प्रचारप्रसार समितिका संयोजक टिग वहादुर विसिले जानकारी गराएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *