वीरेन्द्रनगर -९ का वडाध्यक्ष उम्मेदवार ऋषि गिरीको प्रतिवद्धता: अन्तर नगर पहुँच मार्ग निर्माणलाई प्राथमिकता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ मा नेकपा (एमाले) बाट वडाध्यक्ष पदका उम्मेदवार ऋषि गिरीले भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमितामा राख्ने प्रतिवद्धता जनाएका छन् ।
लाटीकोइली अलायाचौर, शक्तेकाँडा, बुलबुले हुँदै भेरीगंगा नगरपालिका १ जोड्ने अन्तर नगर पहुँच मार्ग निर्माण, निर्माणाधिन सडकको गुणस्तरीय छिटो छरितो काम गर्ने, पानीका स्रोतहरुको संरक्षण गर्ने, तटबन्धका योजनाहरु सञ्चालन गर्ने बताएका छन् ।

वडाध्यक्ष गिरी नेतृत्वको वीरेन्द्रनगर ९ मा एमालेबाट वडा सदस्य पदमा गोरी रावत, रत्ना नेपाली, भिमबहादुर गुरुङ र मानबहादुर चौधरी छन् । सुर्खेतको युवा र खेल क्षेत्रमा परिचित ऋषि एमालेको प्रदेश कमिटी सदस्य समेत हुन । आफ्नो टिमसहित घरदैलोमा व्यस्त उम्मेदवार गिरीले आफूले चुनाव जितेमा लथालिंग अवस्थमा रहेको लाटीकोइली क्षेत्रको विकासले पूर्णता पाउने बताउनुभयो ।

कांक्रेविहार क्षेत्रको पर्यटकीय विकासका लागि प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, एकिकृत थारु बस्तीलाई मध्यनजर गरी सामुदायिक होमस्टे सञ्चालन गर्ने, उपत्यकाको एकमात्र निकासद्धार निकासखोलामा पर्यटकीय साहसिक खेल संरचना निर्माण गरी पर्यटन प्रर्वद्धनमा विकास गर्र्ने, टोल सडक र भित्रि सडकको स्तरोन्नति गर्ने, शिव मावि, अलायाचौर, चाँदनीचोक जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने लगायतका प्रतिवद्धता जनाएको छ ।

निर्माणाधिन १५ शैयाको अस्पताल निर्माणलाई यथासक्य सम्पन्न गर्न पहल गर्ने, किशोरीलाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने, सबै परिवारको स्वास्थ्य बिमा गर्ने, वीरेन्द्रनगर ९ तल्लोबस्तीलाई पायक पर्ने गरी सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने प्रतिवद्धता छन् ।

त्यस्तै, एक टोल एक उत्पादन कार्यक्रम लागू गर्ने, मासु र अण्डामा आत्मनिर्भर वडा बनाउने, पशु, कृषि बिमालाई व्यवस्थापन गर्ने, लघु उद्यमीलाई प्रोत्साहन गर्ने, हरेक वर्ष वडाध्यक्ष कप खेलकूद प्रतियोगिता आयोजना गर्ने, खेलमैदान निर्माण गर्ने, भूमिहिन सुकुम्बासीको समस्या समाधान गर्ने, ज्येष्ठ नागरिकलाई घर टोलमै पुगेर भत्ता वितरण गर्ने, दलित समुदायको पेशालाई थप व्यवसायमुलक बनाउन रोजगारीका कार्यक्रम सञ्चालन गर्ने, महिलाको क्षमताविकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रतिवद्धता छन् ।

वीरेन्द्रनगर -९ का वडाध्यक्ष उम्मेदवार ऋषि गिरीको प्रतिवद्धता: अन्तर नगर पहुँच मार्ग निर्माणलाई प्राथमिकता

मतादाता भन्छन् वडाको विकासकाे लागि विसीकाे विकल्प

Leave a comment

Your email address will not be published. Required fields are marked *