मतादाता भन्छन् वडाको विकासकाे लागि विसीकाे विकल्प छैन

दुर्गा विसि
सल्यान । नेकपा एकीकृत समाजवादी बनगाड कुपिण्डे नगरपालिका वडा नं.६ सल्यानका वडाअध्यक्ष पदका उम्मेदवारहरु आजदेखि नमुना मतपत्र बोकेर घरघरमा पुगेका छन् ।
नेकपा एकिकृत समाजवादी तर्फबाट वडा अध्यक्ष पदमा , सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ का गठबन्धन दलका बनगाडका राजनीतिक मियाे,कम्युनिस्ट संस्थापक निष्ठावान,त्यागी नेतृत्व,राजनीतिक त्याग तपस्यामा निकै लामाे व्यतीत गरेका नेकपा समाजवादी पार्टीका वडा अध्यक्षता उम्मेदवार गणेश विसिलाइ वडा अध्यक्षमा जिताउनका लागि सबै तह र तप्काकाे सहयोग समेत रहेको छ ।
पद कलम चिन्हमा मतदान गरि भारि मतका साथ विजय गराउनु वडावासिलाइ हार्दिक अपिल गरिएको छ । गठबन्धन दल तथा निर्वाचन परिचालन कमिटी वडा नं ६ ले प्रचारप्रसारको कार्यालाई व्यापक पारिएको छ ।नेकपा समाजवादीका पुरुष खुल्ला वडा सदस्य तर्फबाट उम्मेदवार खड्गवहादुर शाहि, र माओवादी केन्द्रका महिला सदस्य आइती वाेहरा,गिता विक र कले कामि उम्मेदवारी रहेको जनाएको छ ।
विभिन्न पदहरुमा कलम र हसिया हथौड़ामा स्वस्तिक छाप लगाइ विजय गराउन प्रचारप्रसार समितिले अपिल समेत गरेको छ । समाजवादीका पुराना र त्यागी नेताकारुपमा चिनिने विसि स्थानीयमाझ अत्यन्तै लोकप्रिय छन् । उनले अवको पाँच वर्षमा आफ्नो वडालाई सम्बृद्ध र विकसित वडाकारुपमा स्थापित गराउने प्रतिबद्धता जनाएका छन् । वडालाई विकसित बनाउन भौतिक विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै लैजानु पर्नेमा विसिको जोड छ । गरिव तथा उत्पिडित समुदायको आर्थिक विकासका लागि सीपमुलुकदेखि आर्यआर्जनसम्मका कार्यक्रमहरुल्याइने बताउँदै उनले महिला, जेष्ठ नागरिक, युवा, बालबालिकालाई समेत समेटेर कार्यक्रमहरु ल्याइने बताए ।शिक्षा र स्वास्थ्य,उत्पादनमूलक चिजलाइ पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।
पछिल्लो समय युवा पुस्ता आफ्नो कार्य भन्दा वेराेजगार कामविहिन तवरले वस्ने गरेकोले भन्दै यसलाई रोक्न युवाहरुलाई खेलकुद तथा रचनात्मक काम प्रति आकर्षित गर्ने गरी योजना बनाइएको पनि सुनाए । ‘जिवनको महत्वपूर्ण कालखण्ड राजनीतिक समाजसेवामै विताइएका विसिले उनले भने–‘अव स्थानीय तहको नेतृत्वमा पुगेर मेरो वडालाई सम्बृद्ध र नमुना वडा बनाउने इच्छा छ ।’ उमेरमा पनि परिपक्व, सहयोगी र मिलनसार छवि भएकाले पनि वडाबासीहरुले विसिलाई जिताउनु पर्ने बताउँछन् ।
‘स्थानीय सरकार हाँक्ने व्यक्तिको छवि पनि त्यही खालको चाहिन्छ मतदाताहरु भन्छन् –विसि सबै खाले दृष्टिकोणबाट हाम्रो वडाको नेतृत्व गर्न सक्ने भरोसा योग्य उम्मेदवार हो, उहाँको विकल्प अरु उम्मेदवार हुन नसकेको ६ नं वडा वासिकाे अठोट रहेको छ ।विसिलाइ नेकपा माओवादी केन्द्रको समर्थन रहेकोले समेत त्यसै पलाभारि भएको मतदाताहरुकाे भनाइ रहेको छ ।






