जाजरकाेटकाे नलगाडबाट अवैध मदिरा बरामद

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–११ बाट प्रहरीले अवैध मदिरा बरामद गरेर नष्ट गरेको छ ।

प्रहरी सहायक निरीक्षक शुक्रराज डाँगीको कमाण्डमा म्यादि प्रहरी सहित खटिएको २९ जनाको टोलीले २५० लिटर घरेलु मदिरा बरामद गरेको हो ।

साथै मदिरा बनाउने कच्चा पदार्थ एक हजार एक सय लिटर र मदिरा बनाउन प्रयोग हुने नौ थान भाँडा पनि बरामद गरिएको छ ।

बरामद गरिएको मदिरा स्थानिय जनप्रतिनिधि, समाजसेवि तथा बुद्धिजिविहरुको रोहवरमा नष्ट गरिएको नलगाड नगरपालिका–७ दल्लि इलाका प्रहरी कार्यालयले जनाएको छ।

जाजरकाेटकाे नलगाडबाट अवैध मदिरा बरामद

रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

जाजरकाेटकाे नलगाडबाट अवैध मदिरा बरामद

सुर्खेत जिल्ला निर्वाचन : अध्यक्षमा रविन निर्विरोध

Leave a comment

Your email address will not be published. Required fields are marked *