मेहेलकुना अस्पतालमा ४३ जनाको निःशुल्क मोतिविन्दु शल्यक्रिया गरिँदै
दिलिप ढकाल
गुर्भाकोट, १९ चैत्र ।
गुर्भाकोट नगरपालिकामा सामुदायिक आँखा अस्पताल मेहेलकुनाले आँखासम्बन्धि बिरामीको लागि निःशुल्क मोतिबिन्दु सल्यक्रिया सेवा शिविर सुरु गरेको छ । शनिबार एक कार्यक्रमका बीच निःशुुल्क मोतिबिन्दु सल्यक्रिया सेवा शिविर सुरु गरिएको हो ।
कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री यज्ञ बहादुर बिसीको प्रमुख आतिथ्यता तथा गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनको बिशेष आतिथ्यतामा निशुल्क मोतियाबिन्दु सल्यक्रिया शिविरको सुरुवात गरिएको हो ।
शिविरमा उद्घाटनमा बोल्दै कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री बिसीले पूर्वि क्षेत्रका जनताको माग र आबश्यकतालाई मध्यनजर राख्र्दै स्थानीय स्तरमै आँखा उपचार तथा शल्यक्रियाको सेवा सुरु गरेकोमा अस्पताल ब्यबस्थापन समिति लगायत सहयोगी हातहरु सबैलाई बिशेष धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
साथै उहाँले आँखा अस्पताल निर्माण र बिकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभएको थियो । त्यस्तै शिविरको सुरुवाती दिनमा नेपाल नेत्र ज्योति संघ, सुर्खेत आँखा अस्पतालका डाक्टर मानिस खतिवडा र नेपाल नेत्र ज्योति संघ परियोजना ब्यबस्थापक मान बहादुर बमको पनि उपस्थिथि रहेको थियो ।
यहि चैत्र १७ र १८ गते आँखा सम्बन्धि बिरामीको छनौंट गरिएको र छनौंटमा सामान्य आँखाको सामान्य बिरामीलाई औषधि तथा परामर्श दिएर घर पठाईएको थियो । जस अन्तर्गत १७ गते छनौंटका आएका ७९ जना मध्ये १२ जना, १८ गते छनौंटका आएका १०३ जना मध्ये १६ जना र यो भन्दा अगाडी सम्पर्कमा आएका १५ जना गरी जम्मा ४३ जना मोतियाबिदु सल्यक्रियाको लागि छनौंट गरिएको छ ।
त्यसैगरी मोतियाबिन्दु सल्यक्रिया छनौंटका लागि आएका ४३ जना मध्ये २३ जनाको अत्याधिक सुगर र प्रेसर भएकाले छनौंट गर्न न–सकिने भन्दै औषधी सेवन गरी प्रेसर र सुगर सामान्य भएपछी सल्यक्रियाको लागि आउनको लागि सल्लाह, सुझाब दिएर घर पठाइएको सामुदायिक आँखा अस्पताल मेहेलकुनाका अध्यक्ष तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिर्ख बहादुर नेपालीले जानकारी दिनुभयो ।
हाल आँखा अस्पतालको भबनको पहिलो तलाको निर्माण सम्पन्न भएको र दोस्रो तलामा १३ कोठे भबन निर्माण कार्य सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको ५०,००,००० (पचास लाख) र प्रदेश सरकारको ४०,००,००० (चालिस लाख) अनुदानमा आँखा अस्पतालको पहिलो तलाको भबन निर्माण सकिएको हो ।
त्यस्तै दोस्रो तलाको लागि प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय ले रु ५०,००,००० (पचास लाख) बिनियोजन गरेर निर्माण कार्य सुरु भएको छ । मेहेल्कुनामै आँखा उपचार तथा मोतिबिन्दु सल्यक्रिया सुरु भएकाले पछि स्थानीयलाइ सहज भएकाे छ ।
पूर्वि सुर्खेत लगायत आसपास जिल्लाका धेरै जनताहरु आँखा उपचारको लागि सुर्खेत र नेपालगंज जानु पर्ने बाध्यता हट्ने बिस्वास लिएको अस्पताल अध्यक्ष बिर्ख बहादुर नेपालीले बताउनुभयो । निःशुल्क मोतिबिन्दु सल्यक्रिया शिविरमा तदर्थ समिति सदस्य तुलशी शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो ।






