कृषि सामाग्री हस्तान्तरण

जाजरकोट, २० चैत्र ।
जिल्लाको भेरी नगरपालिकाले कृषकहरुलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । शनिवार नगर प्रमुख चन्द्र प्रकाश घर्तीले किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगरभित्रका किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख यज्ञ अधिकारीले जानकारी दिए ।
अधिकारीले दिएको जानकारी अनुसार मिनी पावर, पार टिलर, बताउने पंखा, धान काट्ने मेशिन, ८ वटा मिनि टिलर, र २ वटा पावर टिलर वितरण गरिएको छ । नगर प्रमुख घर्तीले नगरपालिका सधैं किसानको साथमा रहेको बताए ।







