ठमेलमा चिनियाँ नागरिकको अवैध मदिरा भट्टी

काठमाडौं : ठमेलमा चिनियाँ नागरिकले संचालन गरेको अवैध मदिरा भट्टीमा प्रहरीले छापा मारेको छ। ठमेलमा होटल दर्ता गरी चिनियाँ नागरिक ५६ वर्षीय सिजि जिहुईले संचालन गरेको अवैध मदिरा भट्टीमा प्रहरीले छापामारेको हो।

ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिई गत वैशाख १० गतेबाट होम स्वीट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रा.लि. दर्ता गरी जुहुईले अवैध मदिरा भट्टी संचालन गरेको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

महाशाखाको टोलीले मदिरा उत्पादन गर्ने सामग्रीसहित ठूलो परिमाणमा मदिरा तथा मदिरा उत्पादनमा प्रयोग हुने कच्चापदार्थ बरामद गरेको छ। आन्तरिक राजस्व कार्यालय महाराजगंज र स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त भट्टीमा छापा मारेको महाशाखाले जनाएको छ।

उक्त भट्टीबाट चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, ८० वटा प्लाष्टिकको ड्रममा रहेको कच्चापद्वार्थ र ड्रम एक सय १३ थान बरामद गरिएको महाशाखाले जनाएको छ। उनलाई आन्तरिक राजस्व कार्यालय महाराजगंजको जिम्मा लगाउने तयारी भइरहेको महाशाखाले जनाएको छ।

पक्राउ परेका चिनियाँ नागरिक लामो समयदेखि नेपालमा बसेर अवैध काम गर्ने गरेको खुलेको छ। सरकारी अनुमतिबिना ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेको खुलेको छ।

चीनको जियाङ्गसु प्रान्त घर भएका जुहुई पर्यटन भिसामा नेपाल आएका थिए। महाशाखाले उनले संचालन गरेको रेष्टुरेन्ट पनि सिल गरेको छ।

ठमेलमा चिनियाँ नागरिकको अवैध मदिरा भट्टी

परीक्षामा एकलाख रकम खाएर परिक्षा दिने दैलेखका

ठमेलमा चिनियाँ नागरिकको अवैध मदिरा भट्टी

विश्वमा कोरोना संक्रमण दर फेरि बढ्यो‚ एकै

Leave a comment

Your email address will not be published. Required fields are marked *