किशोरीको बलात्कारपछि टाउको काटियो, सबै दाँत भाँचेपछि काटेको टाउको उमालियो

विकृत मानसिकताका अपराधहिरुले अपराध पनि निकै डरलाग्दो किसिमले गर्छन् । केही अपराध त यतिसम्म भयानक हुन्छन् कि ती घटनाको विवरण सुन्दासमेत हाम्रो सातो जान्छ । एक व्यक्तिले यतिसम्म डरलाग्दो गरी अपराध गरेका छन् कि उनको अपराधबारे सुन्दा समेत सामान्य मान्छेको सातो जान्छ ।

ती व्यक्तिले १९ वर्षकी उक किशोरीलाई फकाएर आफ्नो घरमा बोलाए । त्यसपछि उनले ती किशोरीलाई बलात्कार गरे । बलात्कार गरिसकेपछि उनले किशोरीको टाउको काटे । उनको शवका सबै औंलाका नङहरु उखेले, सबै दाँत भाँचेर प्लास्टिकको झोलामा राखे । उनको काटिएको टाउकोलाई पानीमा हालेर उमाले । बाँकी रहेको शवका पनि सबै हातखुट्टा काटे । द सनको रिपोर्टअनुसार सुन्दासमेत सातो जाने यो जघन्य अपराध कजाखस्तानमा भएको हो ।

 

घटनाका संदिग्ध आरोपीलाई पक्राउ गरिएको छ । उनीमाथि १९ वर्षकी फेसन डिजाइनकी विद्यार्थी अयजान एडिलोभाको हत्याको आरोप छ । अलमाटी सहरको स्थानीय कपडा सिलाउने पसलमा काम गर्ने ती किशोरी बेपत्ता भएको रिपोर्टपछि खोजी गर्ने क्रममा उनको हातखुट्टा काटिएको शव यी आरोपीको घरमा फेला परेको थियो । पीडित किशोरीका दाजु अलमात मुलिकोभले यो जघन्य घटनाबारे मिडियालाई बताएका हुन् ।

‘उसले मेरी बहिनीलाई मार्यो र करिब २४ घण्टासम्म उनको शरीर टुक्रा पार्दै बस्यो’ स्थानीय मिडियासँग उनले भने ‘उनले सबै दाँत भाँच्यो र सबै नङ उखेल्यो अनि छुट्टाछुट्टै प्लास्टिकको झोलामा राख्यो । उसले टाउको फुटायो र उमाल्यो ।’ पुलिसले अनुसन्धानका क्रममा पीडित किशोरी हराउनुभन्दा अगाडि सामाजिक संजालमार्फत आरोपीसँग सम्पर्कमा रहेको फेला पारेको छ ।

म्यासेजमा आरोपीले अयजानलाई आफ्नो घरमा आएर नयाँ सुटको लागि नाप लिन भनेका थिए र अयजान मार्च १९ मा आउन सहमत भएकी थिइन् । आर्च १९ कै दिन उनी बेपत्ता भएकी थिइन् । सिसिटिभी फुटेजमा अयजान र आरोपी घरको लिफ्टमा साथमा प्रवेश गरेको देखिएको छ । आरोपीको घरमा पुलिस पुग्दा आरोपीले ढोका नखोलेपछि पुलिसले ढोका फुटाउनुपरेको थियो ।

रिपोर्टका अनुसार पुलिस देखेपछि आरोपीले आफ्नै घाँटी काटेका थिए । मेडिकल डिग्री लिएका ती आरोपीको उपचार भइरहेको छ । सोधपुछका क्रममा आरोपीले शव टुक्रा टुक्रा पारेर शहरका विभिन्न ठाउँमा भएका फोहरका कन्टेनरमा फाल्दै अपराध लुकाउने प्रयास गरेको स्वीकार गरेका छन् । पहिचान नहोस् भनेर उनले पीडितको टाउको उमाल्ने प्रयास गरेका थिए ।

किशोरीको बलात्कारपछि टाउको काटियो, सबै दाँत भाँचेपछि काटेको टाउको उमालियो

‘भारतको किसान आन्दोलनको मूल्य नेपाली उपभोक्ताले पनि

किशोरीको बलात्कारपछि टाउको काटियो, सबै दाँत भाँचेपछि काटेको टाउको उमालियो

क्यामेरासँग किन तर्किदैछन् आर्यन ?

Leave a comment

Your email address will not be published. Required fields are marked *