राष्ट्रपतिसँगको मतभेदपछि ब्राजिलका तीनै सेना प्रमुखले दिए राजीनामा

काठमाडौ । ब्राजिलका सेना, नौ सैनिक तथा हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन्। राष्ट्रपति जइर बोल्सोनारोले सेनामाथि अनावश्यक दबाब दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ।

राष्ट्रपतिसँग मतभेद भएर ब्राजिलका सेना, नौ सैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएको त्यहाँको इतिहासमै पहिलो घटना भएको बताइएको छ। बोल्सोनारो प्रति वफादार मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्ट सेना, नौ सैनिक तथा हवाई फौजका प्रमुखहरूको राजीनामा आएको हो ।

चीन, अमेरिका र भारतसँग सुमधुर सम्बन्ध बनाउन नसकेको तत्कालीन विदेशमन्त्रीमाथि आरोप थियो । विदेशमन्त्रीले राजीनामा दिएको केही समयपछि रक्षामन्त्रीले पनि सोमबारै राजीनामा दिएका थिए। दुवैले राजीनामा दिएपछि राष्ट्रपति बोल्सोनारो मन्त्रिपरिषद् पुनर्गठन गर्न बाध्य भएका छन् ।

कोरोना भाइरस महामारीलाई लिएर ब्राजिलमा राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ। दुई वर्षअघि सत्तामा आएका चरम दक्षिणपन्थी बोल्सोनारोले क्वारेन्टाइनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आएका छन्। उनले जनस्वास्थ्य सम्बन्धी नियमका कारण अर्थतन्त्रमा पर्ने प्रभाव कोरोनाभाइरसको भन्दा पनि नराम्रो हुने तर्क गर्दै आएका छन् ।

कोरोना भाइरसका कारण उत्पन्न स्थितिलाई लिएर ‘हल्ला बन्द गर्न’ पनि बोल्सोनारोले आफ्ना नागरिकलाई भन्दै आएका छन् । ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ ।

राष्ट्रपतिसँगको मतभेदपछि ब्राजिलका तीनै सेना प्रमुखले दिए राजीनामा

वर्षाले छाडेपछि रेश्मा, उषा हुँदै गरिमालाई ‘सुदुर’को

राष्ट्रपतिसँगको मतभेदपछि ब्राजिलका तीनै सेना प्रमुखले दिए राजीनामा

विश्व बैंकले गर्याे नयाँ प्रक्षेपण : नेपालको

Leave a comment

Your email address will not be published. Required fields are marked *