‘मर्न तयार छु तर विकृत सहन्न’

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दवहादुर सिंहले मर्न तयार हुने तर विश्वविद्यालमा कुनै पनि विकृतिहरु हुन नदिने बताएका छन् ।

विद्यार्थी तथा प्राध्यापकहरुको आन्दोलन, परीक्षण नियन्त्रण कार्यालय र भिसीको निवासमा भएको तोडफोडको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘म विश्वविद्यालय बनाउनकै निम्ति आएको हुँ, मेरो कार्याकालसम्म भ्रष्टाचार र विकृत तोडेर छोड्छु’ उनले भने, ‘बरु मर्न तयार छु तर गल्ती गर्नेलाई माफी दिन सकिदैन ।’ विश्वविद्यालयलाई भजाएर खान पल्केकाहरुले आफूबिरुद्ध लागेको बताए ।

त्यस्तै विश्वविद्यालयका प्राडा नारायणप्रसाद पौडेले आन्दोलनका नाममा विश्वविद्यालयलाई बन्दक बनाउनु र तोडफोड उत्तिर्नु निन्दनिय भएको बताए । भौतिक सम्पत्तिमा क्षति पु¥याएर समस्याको समाधान ननिस्कने उनको भनाई थियो ।

वार्ता कमिटीका संयोजक डा. लिलाधर तिवारीले विद्यार्थीका मागहरु वार्ताका माध्यमबाट समाधान खोजिनुपर्ने बताए । विश्वविद्यालयले वार्ता र सम्वादबाट विद्यार्थीहरुले राखेका मागहरु सम्बोधन गर्न तयार रहेको बताए ।

‘मर्न तयार छु तर विकृत सहन्न’

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

‘मर्न तयार छु तर विकृत सहन्न’

मुख्यमन्त्री रोजगार कार्यक्रममा ज्यालामा ठगिएको गुनासो

Leave a comment

Your email address will not be published. Required fields are marked *