लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

रुपन्देही : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन्।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए।

प्रमुख शेरचनले विद्यमान समावेशी र समानुपातिक सहितको सङ्घीय व्यवस्था अन्तरराष्ट्रिय जगतका लागि उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

संविधानलाई आफू अनुकूल व्याख्या गर्ने र संविधानको मर्म र भावनाभन्दा फरक ढङ्गले हिँड्ने स्थिति सिर्जना हुुनु हुँदैन । संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट हामीलाई छैनु, उनले भने।

रासस

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

लेपिस नामको खनिज पदार्थ सहित सुर्खेतबाट ४

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

‘मर्न तयार छु तर विकृत सहन्न’

Leave a comment

Your email address will not be published. Required fields are marked *