अनुमति बिना मध्यवर्ती क्षेत्रमा सडक निर्माण गरेको आरोप

सुर्खेत । स्थानीयको अुनमित बिना नै मध्यवर्ती क्षेत्रमा सडक निर्माण आरोप लागेको छ ।               सडक मापदण्ड र अनुमति बिनौ बर्दिया राष्ट्रिय निकुञ्ज उत्तरी भागमा पर्ने भेरीगंगा नगरपालिका २ को धानखोरिया हुँदै लेखपराजुल जोड्ने सडक निर्माण थालिएको स्थानीय कर्णबहादुर खत्री लगायतले आरोप लगाएका छन् ।                         
सडक निर्माणको मापदण्ड नै पुरा नगरेर फरजोन क्षेत्रमा बन बिनास गर्ने उद्देश्यले धानखोरिया लेखपराजुल गोगनपानी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमर वलीले कल्पबृक्ष मध्यवर्ती सामुदायिक बनमा अनुमति बिना सडक खनिएको आरोप लगाएका हुन् ।
                                                     सडक निर्माणको बहानामा भिरालो क्षेत्रमा रुख काटेर बनजंगल बिनास गरेको, मध्यवर्तीका संरक्षित बन्यजन्तुहरु मृग, भालु, कालिज तथा अन्य पशुपन्छिको वासस्थान उजाड गरेको स्थानीयको आरोप छ । आफूहरुले मापदण्ड पुरा गरी सडक निर्माण गर्न आग्रह गर्दा निर्माण समितिका अध्यक्ष अमर वली र मध्यवर्ती सामुदायिब बनका अध्यक्ष गोविन्द खत्रीले स्थानीयलाई कुटपिट गरेकोसमेत उनको आरोप छ । स्थानीयले दिएको जानकारी अनुसार वली र खत्रीले विप्लव क्रान्तिकारीको नाममा फेसबुक आइडीबाट ज्यान मार्ने धम्की दिएको, वडा २ र बर्दिया राष्ट्रिय निकुञ्जलाई खबर गर्दासमेत बेवास्था गरेको बताएका छन् ।
यता सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमर वलीले स्थानीयको सहमतिमै सडक निर्माण गरेको जिकिर गरेका छन् । ‘बन उपभोक्ता समितिमा ५०/५५ स्थानीयहरु छौँ, सडक निर्माण गर्न एक÷दुई जना बाहेक सबैको सहमति छ’ उनले भने, ‘कुटपीट गरेको घटना पनि भाइ÷भाइबीचको झगडा मात्रै हो ।’ आफूहरु बन उपभोक्ता भएको भन्दै उनले सर्भे भएकै स्थानबाट सडक निर्माण गरिएको जिकिर गरे । राजनीतिक पूर्वाग्रहको आधारमा आफूहरुलाई आरोप लगाएको उनको जिकिर छ ।

अनुमति बिना मध्यवर्ती क्षेत्रमा सडक निर्माण गरेको आरोप

प्रचण्डलाई अर्को अन्तर्राष्ट्रिय संकट

अनुमति बिना मध्यवर्ती क्षेत्रमा सडक निर्माण गरेको आरोप

YUGAAWHAN NATIONAL DAILY (2077-12-18)

Leave a comment

Your email address will not be published. Required fields are marked *