हैन, यो कर्नालीको एमयु भन्ने जन्तु नि के दिन पारेर जन्म्या रैछ कुन्नि ?

हैन, यो कर्नालीको एमयु (मध्यपश्चिम विश्वविद्यालय) भन्ने जन्तु नि के दिन पारेर जन्म्या रैछ कुन्नि ? ह्याँ जति पनि भिसी भन्ने आउँछन्, ती सबै कन्चेटै कन्चेट पो देखिए त हँ । पहिला आए माइकालाल भन्ने ।
जसका पालामा स्वास्नीलाई पेटिकोट र ढाल किन्या विलसमेत राखेर भष्टाचार भो भनेर पढाइको सट्टा लडाइँमात्रै गरेर एमयुले दिन वितायो । पढन भनेर दुख्ख गरेर सुर्खेतीले मानोमुठी जोडेर विश्वविद्यालय बनाए । तर त्याँ आउने कुसंस्कारीले शिक्षाको ठाउँमा लडाइको मैदानमात्र बनाएनन्, कि भष्टाचारको आहाल पनि बनाए ।

संस्था जन्मेबाटै राजनीतिको क्रिडास्थल बनाएका कमिनिष्टहरुले त्यो क्रमलाई ऐलेसम्म जारी राख्दा कहिले शिक्षक त कहिले विद्यार्थी लडेर कर्नालीको बदनाम गराउँदै छन् । पदमलालदेखि नन्द सिंहसम्म आइपुग्दा विश्वविद्यालय तालाबन्दी र भष्टाचारका कथाले गन्हाइ रहेको छ ।
कहिले छोरो भर्ना गर्ने निहँमा त, कहिले आफन्त भर्ना गर्ने निहुँमा भष्टाचार र अनियमितताको कथा एमयुले धेरै लेखिसक्यो । यसपटक कानुनका विद्यार्थीको इन्ट्रान्स परीक्षामा तालाबन्दी र अनशनको तुलपक्डेर उडेको एमयूको झगडा अप्रत्यासित शिक्षक कर्मचारी भर्नामा भएको अनियमिततामा हात हाल्न अख्तियार नै पुगेको छ ।
सुनिन्छ कर्मचारी भर्नामा अाँफैधामी, आँफै बोक्सी बनेका नन्दसिंका स्याउरे म्याउरेहरुले अन्ततः अनियमितताँ आँफूहरु फस्ने देखेछि इन्टा«न्सको मुद्दालाई अन्यत्रै मोडेर कानुनका विद्यार्थीको लडाइमा डिपार्टमेन्ट प्रमुखलाई वलीको बोको बनाए भन्ने सुनिन्छ ।
आफ्नो मान्छे पास नभएछि विद्यार्थी उचालेर आन्दोलन गराएका भिसीले आँफू अनियमितताबाट चोखिन डेमोक्रेट शिक्षकलाई वली चढाएर २ गे्रड रोक्का गरे भन्ने सम्चारले राजनीतिमा ओलीबाको ज्यादति र एमयुमा नन्दसिंको ज्यादति एउटै खालको भाछ भन्दैछन् कर्नालीका जनता ।
सँधैभरी राजनीतिक बदलामा एमयु संचालन गर्न खोज्ने नन्दसिंको ब्यहोराले शैक्षिक थलो तालाबन्दी र लडाइँ झगडामै डुबेका ेछ । हेरौँ यो पटक अख्तियारलाई उनले के जवाफ दिन्छन् । अनि अख्तियार पनि जनताको विश्वासमा रहन्छकि नन्दसिंको त्रासमा । –वेदर्षि






