हरेक दिन छिमेकीले यौन सम्बन्धका क्रममा चर्को आवाज निकालेर सुत्न नदिएपछि…

काठमाडौं । छिमेकी जोडीले यौनसम्बनधका क्रममा अत्याधिक चर्को आवाज निकालेर सुत्न नदिएपछि आक्रोशित महिलाले ती छिमेकीहरुलाई सम्बोधन गर्दै पत्र नै लेखेकी छिन् ।

अस्ट्रेलियाको ब्रिसबेनमा बस्ने ती महिला छिमेकीको चर्तिकलाबाट यतिसम्म दिक्क भएकी थिइन् कि उनले पत्रमा छिमेकीहरुलाई उनीहरुको भित्ता कागजजस्तै पातलो भएको र शारीरिक सम्बन्धको क्रममा उनीहरुको हरेक आवाज आफूले सुन्न सक्ने बताएकी छिन् ।

द सनको रिपोर्टअनुसार यो पत्र सामाजिक संजाल रेडिटमा शेयर भएपछि भाइरल भएको छ । पत्रमा लेखिएको छ ‘तपाइँहरुले आफ्नो वरिपरी बस्नेहरुप्रति खासै सम्मान देखाउनुभएको छैन तर उनीहरुका साना साना बच्चाहरु छन् र ती बच्चाहरुलाई तपाइँहरुको आवाजले चोट पुग्न सक्छ ।

तपाइँहरुको यौन चर्तिकलापछि बिहानसम्म हाँसो र गफ चलिरहन्छ । वास्तवमा हामी तपाइँहरुका हरेक शब्द सुन्न सक्छौं । के तपाइँहरु यसलाई घटाउन सक्नुहुन्छ ?’

 

पत्रमा छिमेकीहरुलाई यौन सम्बन्धका क्रममा झ्याल बन्द गर्न समेत आग्रह गरिएको छ । यदि भविष्यमा यो जारी रहेमा ध्वनी प्रदुषण नियन्त्रकलाई फोन गर्ने र उनीहरुको नाम र ठेगाना पेडिंटन मिल्टन फेसबुक समाचार ग्रुपमा शेयर गरेर बेइज्जत गरिदिने चेतावनी पनि पत्रमा दिइएको छ ।

उनीहरुको छेउका फ्ल्याटमा यौन र पोर्नको दुर्व्यसनीबाट सुधार हुँदै गरेकाहरु पनि बस्ने भएकोले यो जोडीले आफूहरुको यौनिक क्रियाकलाप निजी राखेमा आफूहरु आभारी हुने पनि बताइएको छ ।

हरेक दिन छिमेकीले यौन सम्बन्धका क्रममा चर्को आवाज निकालेर सुत्न नदिएपछि…

महामारी झेलेर उठ्न लागेको चितवनको पर्यटनमा अर्को

हरेक दिन छिमेकीले यौन सम्बन्धका क्रममा चर्को आवाज निकालेर सुत्न नदिएपछि…

बङ्लादेशमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *