कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

नेता नेपाललाई भेट्न अध्यक्ष दाहाल नेपाल निवास कोटेश्वर पुगेका छन्। सत्तारूढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेपछि थप छलफल गर्न प्रचण्ड कोटेश्वर पुगेका हुन्।

गठबन्धनको सरकार गठन प्रक्रियामा निर्णायक भूमिका खेलेका नेता नेपाल समूहलाई प्रचण्डले सरकारमा ल्याउने प्रयास गरिरहेका छन्।

तर, पार्टी एकतालाई पहल गर्ने निष्कर्षसहित नेता नेपाल सरकारमा नजाने बताउँदै आएका छन्। यसअघि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर छलफल गरेका थिए।

कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

शिरमाथि झुण्डिएको तरबारजस्तै गणतन्त्र

कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

अनियमितता रोक

Leave a comment

Your email address will not be published. Required fields are marked *