पहिलो हिटबाटै बाहिरिइन् गौरिका पनि, ५२ जनामा ५१ औं

काठमाडौं । जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालिन ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंह पहिलो हिटबाटै बाहिरिइन्। १ सय मिटर फ्रिस्टाइलमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग त गरिन्। तर अर्को चरणमा पुग्ने सपना भने अधुरै राखिन्।

यस स्पर्धामा प्रतिस्पर्धा उत्रिएका ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन्। टोकियो एक्वेटिक सेन्टरमा आज सम्पन्न खेलमा गौरिकाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

हिट चरणमा गौरिकाले १ मिनेट ०० दशमलव ११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन्। यसअघि उनकै नाममा १ मिनेट ०० दशमलव ६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो। हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन्। खेलपछि प्रतिक्रिया दिँदै आफूले सकेसम्म राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिइन्।

उनले कोभिड १९ का कारण अभ्यास समेत प्रभावित भएको बताइन्। मैले जित हार भन्दा पनि राम्रो खेल्ने प्रयास गरे , उनले भनिन् , पहिलेभन्दा टाइमिङ राम्रो गरे। १८ वर्षिया गौरिकाको यो दोस्रो ओलम्पिक सहभागिता हो।

यस अघि २०१६ मा गौरिकाले रियो ओलम्पिकमा विश्वकै कम उमेरको खेलाडीका रुपमा पौडी पोखरीमा उत्रिएकी थिइन्। उनको प्रतिस्पर्धासँगै पौडीमा नेपालको चुनौती सकिएको छ।

हिजो मात्र पुरुष १ सय मिटर फ्रीस्टाइलमा एलेक्जेन्डर गाडेगार्ड शाह ९एलेक्स० पनि पहिलो हिटबाटै बाहिरिएका थिए। यद्यपि उनले पनि आफ्नो कीर्तिमान सुधार गरेका थिए।

एलेक्सले निर्धारित दूरी ५३।४१ सेकेन्डमा पूरा गर्दै कीर्तिमान सुधार गरेका हुन्। टोकियो ओलम्पिकमा अब नेपालका ५ मध्ये एक खेलाडी सरस्वती चौधरीको मात्र प्रतिस्पर्धा बाँकी छन्।

एथलेटिक्सकी चौधरीले साउन १५ गते १०० मिटर दौडमा भाग लिनेछिन्। यसअघि जुडो र सुटिङका दुवै खेलाडी पनि पहिलो चरणबाटै बाहिरिएका थिए। जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित हुँदा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा छनोट चरण पार गर्न सकिनन्।

यद्यपि कल्पनाले भने आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरिन्। कल्पनाले ६१६।८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाइन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४।५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा भने छनोट हुन सकिनन्। उनी ५० जना खेलाडीमध्ये ४६ औं स्थानमा रहिन्। सो स्पर्धामा चीनले स्वर्ण जितेको थियो। महिला ४८ केजी तौल समूहमा सोनियाले रसियाकी इरिनासँग १०(० को भारी अन्तरले हार बेहोरिएकी थिइन्।

अन्तिम ३२ मा भएको प्रतिस्पर्धामा ओलम्पिकको झण्डबाट खेलिरहेकी इरिनाले नेपाली खेलाडीलाई अंक लिने कुनै मौका दिइनन्। सोनिया र कल्पना दुवैले वाइल्डकार्डमार्फत टोकियो ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएका हुन्।

पहिलो हिटबाटै बाहिरिइन् गौरिका पनि, ५२ जनामा ५१ औं

सफल सरकारका लागि मन्त्रीहरू पनि काबिल चाहिन्छ

पहिलो हिटबाटै बाहिरिइन् गौरिका पनि, ५२ जनामा ५१ औं

ब्राजिल अघिल्लो चरणमा, जर्मनी, फ्रान्स र अर्जेन्टिना

Leave a comment

Your email address will not be published. Required fields are marked *