ब्राजिल अघिल्लो चरणमा, जर्मनी, फ्रान्स र अर्जेन्टिना बाहिरिए

काठमाडौं । टोकियो ओलम्पिक अन्तर्गत यू(२३ फुटबलमा साविक विजेता ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाएको छ।

टोकियो ओलम्पिक २०२० को पुरुष फुटबलमा समूह डी अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३(१ ले पराजित गर्दै ब्राजिल समूह विजेताका रुपमा अन्तिम ८ मा पुगेको हो। यो सँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ।

प्रतियोगितामा स्वर्ण पदकका दावेदार जर्मनी, फ्रान्स र अर्जेन्टिना भने अन्तिम ८ मा स्थान बनाउन असफल रहे। फ्रान्स समूह चरणको अन्तिम खेलमा घरेलु टोली जापानसँग ४(० को फराकिलो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो।

समूह ए को अर्को खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई ३(० ले हराएपछि फ्रान्सको अघिल्लो चरणको यात्रा सकिएको थियो। समूह ए मा जापान शतप्रतिशत जित निकाल्दै समूह विजेता बन्दा मेक्सिको ६ अंक जोडेर समूह उपविजेता बन्यो। फ्रान्सले ३ तथा दक्षिण अफ्रिकाले अंकको खाता खोल्न सकेन।

समूह ुसीु मा स्पेनसँग १(१ गोलको बराबरी खेलेपछि अर्जेन्टिनाले पनि समूह चरण पार गर्न असफल भयो। स्पेनका लागि मिकेल मेरिनोले गोल गर्दा अर्जेन्टिनाका लागि थोमस बेलमोन्टेले बराबरी गोल फर्काए पनि अघिल्लो चरणका लागि पर्‍याप्त भएन।

यो समूहबाट स्पेन ५ अंक जोडेर समूह विजेता बन्दा इजिप्ट उपविजेताको रुपमा अघि बढ्यो। इजिप्टसँग समान ४ अंक भएपनि अर्जन्टिना गोल अन्तरमा पछि पर्‍यो। बुधबारै इजिप्टले अष्ट्रेलियालाई २(० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो।

समूह ‘बी’ बाट दक्षिण कोरिया विजेता तथा न्युजिल्यान्ड उपविजेता बन्दा रोमानिया र होन्डुरस बाहिरियो। समूह ुडीु बाट ब्राजिल समूह विजेता बन्दा आइभोरी कोस्ट उपविजेता बन्यो। जर्मनी र साउदी अरेबियाले समूह चरण पार गर्न सकेनन्।

ब्राजिलका लागि रिचार्लिसनले दुई तथा माथेउस कुन्हाले एक गोल गरे। साउदीका लागि अबदुलेलाह अल अमरिले एक गोल फर्काए। समूहमा ब्राजिल अपराजित रहँदै ७ अंक जोड्न सफल रह्यो। साउदी भने समूह चरणबाटै बाहिरियो। यस्तै, अर्को खेलमा आईभरीकोष्टसँग १(१ गोलको बराबरी खेलेपछि जर्मनी प्रतियोगिताबाट बाहिरियो।

समूह ुडीु मा आइभरीकोष्ट ५ अंक जोड्दै समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ। जर्मनीका बेन्जामिन हेन्रिक्सले आत्मघाती गोल गरे। एडुवार्ड लोएवेनले जर्मनीका लागि बराबरी गोल फर्काए। यस्तै, समूह ुबीुबाट दक्षिण कोरिया र न्युजिल्याण्ड समूह विजेता र उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गरे। त्यस्तै दक्षिण कोरियाले होन्डुरोसलाई ६(० ले पराजित गर्‍यो। न्युजिल्याण्ड र रोमानियाले गोलरहित बराबरी खेले।

यस्तो बन्यो क्वाटरफाइनल समीकरण

स्पेनविरुद्ध आइभोरी कोस्ट (३१ जुलाई, दिउँसो १:४५)

जापानविरुद्ध न्युजिल्यान्ड (३१ जुलाई, दिउँसो २:४५)

ब्राजिलविरुद्ध इजिप्ट (३१ जुलाई, दिउँसो ३:४५)

दक्षिण कोरियाविरुद्ध मेक्सिको (३१ जुलाई, दिउँसो ४:४५)

ब्राजिल अघिल्लो चरणमा, जर्मनी, फ्रान्स र अर्जेन्टिना बाहिरिए

पहिलो हिटबाटै बाहिरिइन् गौरिका पनि, ५२ जनामा

ब्राजिल अघिल्लो चरणमा, जर्मनी, फ्रान्स र अर्जेन्टिना बाहिरिए

जापानको टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *