सफल सरकारका लागि मन्त्रीहरू पनि काबिल चाहिन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एक्लैले जनअपेक्षित काम गर्न नसक्ने बताएका छन्।

विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘प्रधानमन्त्री एक्लैले पहल गरेर हुँदैन। सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक चाहिने रहेछ।’

मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई देश र जनताको काम गर्नका लागि सक्षम टिम चयन गर्न सुझाए।

यस्तै, उनले वातावरण संरक्षणका लागि हिमाली देशहरूको छुट्टै संगठन बनाउन आवश्यक रहेको औँल्याए। बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न सबैलाई लाग्न आग्रहसमेत गरेका छन्। प्रकृतिको रक्षा गरे मात्रै मानव जीवनको रक्षा हुनेसमेत प्रष्टाए।

सफल सरकारका लागि मन्त्रीहरू पनि काबिल चाहिन्छ : माधव नेपाल

आज विश्व बाघ दिवस, संरक्षणसँगै मानवीय क्षतिको

सफल सरकारका लागि मन्त्रीहरू पनि काबिल चाहिन्छ : माधव नेपाल

पहिलो हिटबाटै बाहिरिइन् गौरिका पनि, ५२ जनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *