थप ३१ सय २२ पिसिआर परीक्षण, १४१ नयाँ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार एक सय २२ जनाको कोरोना परीक्षण गर्दा एक सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमित संख्या दुई लाख ७६ हजार ९ सय ८० जना पुगेको छ ।

जसमध्ये सक्रिय संक्रमित १३ सय ४१ जना छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणले तीन हजार २७ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो पटक ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म दुई लाख ७२ हजार ६ सय १२ जना संक्रमणमुक्त भइसकेको र क्वारेन्टाइनमा रहनेको संख्या ५६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म २२ लाख ६४ हजार दुई सय ६८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

थप ३१ सय २२ पिसिआर परीक्षण, १४१ नयाँ संक्रमित

चीनले खोप दिएपछि प्रधानमन्त्रीले भने– दुई देशबीचको

Leave a comment

Your email address will not be published. Required fields are marked *