सीडिओ साहेव सुर्खेत भाइरल डाँडाँ टिकटक बनाउनेको लर्को कति हुन्छ भन्ने कुरा तपाइँलाई के था ?

सीडिओ साहेव तपाइँ मान्छेहरु एकठाँ जम्मा नहुनोस् र मास्क लाएर मात्र हिँडनोस् भनेर सुर्खेतिलाई अर्तिबुद्धि दिनु हुन्छ ।
तर सुर्खेत बजाराँ भएको भाइरल डाँडाँ टिकटक बनाउनेको लर्को कति हुन्छ भन्ने कुरा तपाइँलाई के था ? त्यो बजार हाइस्कुलको पूर्विडाँडाँ भा सडकका रुखाँ वडा कार्यालयले २/४ वटा बल्ब जोडेर उज्यालो के बनाइद्याथ्यो । अहिले त्यो डाँडाभरी टिकटक बनाउनेको जलेसाले कोरोना सोरोना त काँ पु¥याइदियो काँ ।
भारताँ कोरोना विरामी एक्कासी बढेसी खुला सिमाका कारण नेपालाँ नि कोरोना आईहाल्छ कि भनेर सरकारले सतर्कता अपनाउन जनताँ जानकारी गराइ रहँदा मान्छेहरु अनेक बहानामा जम्मा हुने ठाउँ भो भने त कोरोनालाई झन मलजल होला त ।

त्यसैले सिडिओ साहेव तपाइँ नी यसो टहलिँदै पुरानो हस्पिटलाट तल्थिर झर्नोस् त । साँझपख मान्छे सडकाँ कसरी पोख्खिया हुन्छन् । हुन त नगरपालिकाले बाटाँ बत्ति बालेर पर्यटक तान्न ला होला । तर त्यो विना स्वादको पर्यटक तान्ने ठाउँले कोरोना तान्यो भने त्यसको जिम्मेवार को हुने हो थाहा छैन ।
त्यसैले सिडिओ साहेव पर्यटक तान्ने ठाउँ भन्दा नी नारी पुरुष तानातान गर्ने त्यो भाइरल डाँडाँ केइदिन टिकटकको खेती गर्न नदिम् । हुन त मान्छे गर्न नदिँदा मानवअधिकार हनन् भो भनेर आउनेको नि कमि नहोला । तर पनि कोरोनाबाट बच्ने हो भने मान्छ्या भीड जम्मा गरेर बस्नै नहुने बेलाँ र बाँच्न पाउने मान्छ्या अधिकार नी होला त ।
त्यसैले सिडिओ साहेव कोरोनाट बचम भनेर विहान र बेलुका कराएर मात्रै ह्याँका मान्छेले मान्नेवाला छैनन् । यिनहरुलाई त ओलीबाले माओवादीका नेताहरुलाई तह लाएझै तह लाउने तर्किव सोच्नुपर्छ । अहिले त फेरि त्यो भाइरल डाँडाले नि नपुगेर न्यूरोडतिरका २/४ वटा रुखाँनी बत्ति बालेर मान्छे खेड्ने काम भइराछ भन्ने सुनिदैछ ।
त्यसैले ति टिकटके मान्छे जम्मा भएर कोरोना बढ्ने आँकलन सरकारको हो भने अविलम्ब त्याहाँ मान्छे जम्मा हुने खेल बन्द गर्नुपर्छ हैन र ! जनता सुरक्षा गर्न आ सिडिओ साहवले जनता सुरक्षा लागि उचित कदम नचाल्ने भन्ने त कुरै हुँदैन ।
–वेदर्षि






