ललितानिवास : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं । बालुवाटारको ललितानिवास प्रकरणमा पूर्व-प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सर्वोच्च‍ अदालतमा आज पुनः पेशी चढेको छ ।

अग्राधिकारप्राप्त सो रिटमाथिको सुनुवाइ यसअघि पेशीमा चढेर स्थगित हुँदै आएको थियो । आजको मुद्‍दा न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुँयालको इजलासमा सो मुद्दाको पेशी एक नम्बरमा छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूसहितलाई मुद्दा चलाएको थियो । तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

२०७६ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौती दिँदै पूर्व-प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्व पनि मुद्दा चलाउन माग गर्दै उनले दायर गरेको रिटमाथिको सुनुवाइ भने विभिन्न कारणले स्थगित हुँदै आएको थियो ।

नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए । सोही बेला जग्गा व्यक्तिको नाममा लगिएको थियो । अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

ललितानिवास : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ आज

गर्भावस्थामा पिसाबसम्बन्धी संक्रमण किन हुन्छ र यसबाट

ललितानिवास : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ आज

कर्णालीमा माधवपक्षीय सांसद पनि सरकार ढाल्न तयार

Leave a comment

Your email address will not be published. Required fields are marked *