चीनले अनुदानमा दिएको कारोनाविरुद्धको ८ लाख डोज खोप आइपुग्यो

काठमाडौं । चीन सरकारले दिएको कारोना भाइरसविरुद्धको खोपलगायतका सहायता सामग्री आज नेपाल आइपुगेको छ ।
सहायता समाग्री लिन चिन गएको नेपाल एयरलाइन्सको विमान आज बिहान ८ बजेर ४२ मिनेट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री ह्दयश त्रिपाठीलाई हस्तान्तरण गरिन्। विमान हिजो बेलुकी खोप लिन बेइजिङ गएको थियो ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनले सहयोगस्वरुप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आठ लाख मात्रा खोपलगायत अन्य सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गएको थियो । निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला बेइजिङ तथा ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।





