घुँयत्राे : युथफोर्स र अखिल फोर्सले एमालेमा अहिले ठूलै रडाको मच्चिया छ !

दलभित्र ओली र माधवबीच राजनीतिक खिचातानी उत्कर्षमा पुगेका बेला ओलीबाले माधव पक्षलाई तर्साउन युथफोर्स गठन गरेर नेपाललाई चुनौतिदेछि माधवलेनी अखिल फोर्स भनेर गठन गरे । यसले एमालेमा अहिले ठूलै रडाको मच्चिया छ ।

गुण्डागर्दिमा पहिचान बनाएका र आँफूलाई गुण्डाकै मसिहा सम्झिने महेश बस्नेतले साइवर सेना गठन गरेर ओलीबालाई खुसी बनाईरा बेला फेरि पार्टीले प्रभु शाहको नेतृत्वमा अर्काे सेना गठन गरेछि रिसले आकुल ब्याकुलभाका बस्नेत ओलीबासितै नाराज बन्न पुग्या छन् । यसैबीच युवाहरुका अनेक नामका संगठनहरु खोल्ने होडबाजी चलेछि यसले निम्त्याउने खतरालाई समेत मध्यनजर गर्दै एमाले नेता ओली र माधव नेपाललाई एक ठाउँमा ल्याउन मध्यमार्गी भूमिकामा रहेका योगेश भट्टराईले युवा संगठन बनाउने होडबाजी छोडनु पर्ने र गठन भइरहेका लडाकु संगठन खारेज गर्न नेताहरुसित माग गरेका छन् ।

उनले अब विद्यार्थी संगठनहरुलाई मात्र सक्रिय गराउन माग गरेका छन् । हुन पनि यी संगठन गठन गर्ने दुबै नेताहरु अलग पार्टी गठन गरी बस्दा युवा संगठनहरु आपसमा भिड्ने अवस्था आयो भने यसले पार्टीलाई कुनै फाइदा गर्दैन । त्यसकारण पनि भंग गर्ने माग भट्टराईको हुन सक्छ । तर ओलीबा सजिलै ती गठित संगठन भंग गर्ने चक्कराँ छैनन् ।

माओवादीले त्यही नामकै संगठनका नामाँ देशाँ त्यत्रो तहल्का मच्चाएर प्रचण्डलाई सत्ताँ पुर्या कुरा ओलीबाले बिर्सेका छैनन् होला त ! त्यही भएर त होला अहिले ओलीबा त्यस्तै संगठन खोल्न लागि पर्याछन् । माधबलाई गाली गर्दा गर्दा हारथाकभाका ओलीबा युवालाई देखाएर तर्साउनका लागि त होला यो घनचक्कराँ लाग्या । तर सत्ताको उन्माद नभाबेलाँ ओलीबाले सोच्याझैँ त के होला र ? तर महेश वस्नेत जस्ता अनुयायी पाउनुभाका ओलीबाले फेरि पनि तहल्का त मच्चाउनु नै हुनुहुने होला क्यारे ।

त्यसो त आफ्नैबाट नी आठोटा सांसद उछिट्टएर गए भन्ने सुनिन्छ । भोली साँच्चिकै माधव नेपालनी सत्ताँ पुगेर फुर्तिफार्ति लाए भने ओलीबालाई छोडेर कति जाने हुन् । अहिले माधव नेपालसित भाका संख्या जतिका सांसद भोली ओलिबातिर भए भने नि अनौठो त नहोला । यो सत्ता भन्या चिजनी अचम्मकै रैछ क्यारे ! सत्ता हुन्जेल हाईहाई, सत्ता गए बाईबाई । त्यो भन्या सारा संसार पैसैले चलाउँछ भन्ने त होला नी । लौ संसारका मजदुर एक हौँ भन्ने साथीहरु नेताहरु एक नभए नी मजदुर एकभा देख्न पाउँ । योभन्दा बढी के भनम् र खै ?

-वेदर्षि

घुँयत्राे : युथफोर्स र अखिल फोर्सले एमालेमा अहिले ठूलै रडाको मच्चिया छ !

कर्णाली सरकारले खन्यो बर्षमा साढे सातसय किलोमिटर

घुँयत्राे : युथफोर्स र अखिल फोर्सले एमालेमा अहिले ठूलै रडाको मच्चिया छ !

श्रीलंकामा विश्वकै ठूलो नीलम रत्न फेला, मूल्य

Leave a comment

Your email address will not be published. Required fields are marked *