थपिए ६ हजार बढी काेराेना संक्रमित

देशभर थप पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज २० हजार एक सय १० जनामा कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमित र मृतकको संख्या घटेको छ। यसअवधिमा थप ९६ जनाको मृत्यु भएको छ।

योसँगै मृत्यु हुनेको संख्या सात हजार ४७ जना पुगेकाे मन्त्रालयले जनाएको छ। ९ हजार ८ सय ४१ जना कोरोना मुक्त भएका छन्।

हालसम्म ३० लाख १७ हजार तीन सय ७७ जनामा कोरोना परीक्षण गरिएकाेमा पाँच लाख ४९ हजार एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिए ६ हजार बढी काेराेना संक्रमित

सबै नागरिकलाई खोपको व्यवस्था हुन्छ : प्रधानमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *