सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री थपिँदै, केहीबेरमा शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तार हुने भएको छ। मुख्मन्त्री त्रिलोचन भट्टले थप हुने मन्त्रीलाई शुक्रबार बजे शपथ गराउने तयारी गरेका छन्।
स्रोतका अनुसार तारा लामा तामाङ, दीर्घ सोडारी, पूर्णा जोशी र माओवादीबाट मानबहादुर धामी मन्त्री हुने भएका छन् ।
यसै गरेर राज्यमन्त्रीमा एमालेका कुलवीर चौधरी र माओवादीका मानबहादुर सुनार राज्यमन्त्री हुने चर्चा छ। यद्यपी मन्त्री हुनेहरुको नाममा अझै छलफल जारी रहेको छ ।
अहिलेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह फेरि पनि आर्थिक मामिला तथा योजना मन्त्रीमा दोहोरिने बताइएको छ ।
शाहले अहिले सो मन्त्रालयको कार्यभारसमेत सम्हालिरहेका छन् ।






