चिकित्सकमाथि आक्रमण गर्नेमाथि कडा कारवाही गर्न देउवाको माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीमाथिको आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेका छन्। सभापति देउवाले बिहीबार राति बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण भएपछि घटनाको छानविन गरी कारबाही गर्न माग गरेका हुन्।

देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन्। ‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्।

स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दछु’ देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको थिए।

https://www.facebook.com/sherbahadurdeubanc/posts/948360436000144

चिकित्सकमाथि आक्रमण गर्नेमाथि कडा कारवाही गर्न देउवाको माग

भेरी अस्पताल : दोषीलाई कारबाही माग गर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *