महामारीमा स्वास्थ्यकर्मीलाई सांघातिक हमला गर्नु गम्भीर : प्रचण्ड

काठमाडौं : नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निन्दा गरेका छन्।

प्रचण्डले घटनाको सामाजिक सञ्जालमा निन्दा गर्दै घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नलाई कडा कारबाहीको माग गरेका हुन्। उनले स्वास्थ्यकर्मीमाथि भएको कुटपिटप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

समाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपालगन्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ, हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरियोस् भनी माग पनि गर्दछ।’

https://www.facebook.com/prachanda.nepal/posts/2958156524421856

महामारीमा स्वास्थ्यकर्मीलाई सांघातिक हमला गर्नु गम्भीर : प्रचण्ड

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा ३

Leave a comment

Your email address will not be published. Required fields are marked *