कोहलपुर-सुर्खेत विद्युत् लाइन बाघका कारण काम प्रभावित, कहिले लेला गति ?

सुर्खेत । कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइनको अन्तिम डिजाइन तयार भएको छ । झण्डै तीन महिनाको सर्वेक्षण तथा स्थलगत अध्ययनपछि आयोजनाको अन्तिम डिजाइन तयार भएको हो ।

निर्माणको ठेक्का लिएको ‘आरएस इन्फ्राप्रोजेक्ट प्राइभेट लिमिटेड’ले आयोजनालाई बुझाएको अन्तिम प्रतिवेदनअनुसार लाइन विस्तारका गर्दा १६० पोल निर्माण गरिने छ, जसमा केही एंगल टावरसमेत निर्माण हुनेछन् । १६० पोलमध्ये १३० पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ ।

बाँकी ३० पोल भने व्यक्तिको जग्गामा निर्माण गर्नुपर्ने देखिन्छ । त्यसको लगत संकलनको काम थालिएको छ । आयोजनाका अनुसार बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाभित्रका केही स्थानीयको जग्गा अधिग्रहणमा पर्नेछन् ।

अतिक्रमणमा पर्ने जग्गा धनीलाई मुआब्जा वितरण गर्ने उद्देश्यले लगत संकलन थालिएको आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिए । उनले भने, ‘३० पोलमा कति व्यक्तिको जग्गा पर्दछ भनेर लगत संकलन थालेका हौँ,’ उनले भने, ‘लगत संकलन सकिएपछि मुआब्जा वितरणको प्रक्रिया अगाडि बढाइने छ ।’

मुआब्जा वितरण भएपछि मात्रै व्यक्तिको जग्गा प्राधिकरणले लिने उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुआब्जा निर्धारण समिति गठन गरिने छ। मुआब्जा निर्धारण समितिको सिफारिसका आधारमा प्रभावितलाई आयोजनाले मुआब्जा वितरण गर्ने छ ।

आगामी वैशाखसम्म मुआब्जा वितरण सुरू गर्ने गरी काम थालिएको आयोजनाले जनाएको छ । १३२ केभीए लाइन विस्तार गर्दा आयोजनाले सुर्खेत, बाँके र बर्दिया जिल्लालाई समेट्छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी गत असार २२ गते आयोजनाले भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।

७० करोड लागतमा ठेक्का लिएको निर्माण कम्पनीले विद्युत् लाइन प्रसारणका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदलगायतका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नुपर्ने छ । तोकिएकै समयमा आयोजना सम्पन्न भए कर्णालीवासीलाई ठूलो राहत मिल्ने छ। हाल कर्णालीमा ३२ केभीए विद्युत्लाइन छ ।

बाघका कारण काम प्रभावित

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले आतंक मच्चाएपछि कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण आयोजनाको कामसमेत प्रभावित भएको छ । नियन्त्रणमा लिइएको बाघ पुनः खोरबाट भागेपछि आयोजनाको काम प्रभावित भएको हो ।

‘बाघले मानिसलाई आक्रमण गर्न थालेपछि बर्दिया क्षेत्रमा पोल रहने स्थानको माटो परीक्षण र फाउन्डेसन निर्माण कार्य रोकिएको छ,’ आयोजना प्रमुख चौधरीले भने, ‘बाघ नियन्त्रण नभएसम्म निकुञ्ज क्षेत्रको काम प्रभावित हुन्छ। ’

हाल बर्दिया निकुञ्जबाहेकका क्षेत्रमा भने पोलहरूको माटो परीक्षण र फाउन्डेसन निर्माण भइरहेको छ । आगामी वैशाखको अन्तिमसम्म फाउन्डेसन तयार गरिसक्ने आयोजनाको लक्ष्य छ ।

नेपाल समय

कोहलपुर-सुर्खेत विद्युत् लाइन बाघका कारण काम प्रभावित, कहिले लेला गति ?

ब्राजिलमा कोभिड १९ बाट एकै दिनमा तीन

कोहलपुर-सुर्खेत विद्युत् लाइन बाघका कारण काम प्रभावित, कहिले लेला गति ?

साथीहरु विदेश गए मैले स्वदेशमै सम्भावना देखेँ

Leave a comment

Your email address will not be published. Required fields are marked *