मेलम्चीको पानी दिउँसो दुई बजेपछि वितरण गरिने

काठमाडौं । मेलम्चीको पानी दिउँसो दुई बजेपछि काठमाडौंबासीको धारामा आउने भएको छ। आइतबार दिउँसो दुई बजे पत्रकार सम्मेलन गरी पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेयलका प्रवक्ता प्रकाशकुमार राईले  जानकारी दिए ।

उनले भने,‘आज दिउँसो दुई बजे चुच्चेपाटीको महाँकालमा पत्रकार सम्मेलन गर्दै छौँ। तपाईंहरूपनि आउनुस्। त्यसपछि पानी छोडिन्छ।’ उनले अहिले ट्यांकीमा पानी भर्ने काम भइरहेको जानकारी दिए ।

उनका अनुसार आज दिउँसो मेलम्ची खानेपानी उपआयोजना–२, आयोजना निर्देशनालय र केयुकेयलले औपचारिक रूपमा सम्मेलन गरेर पानी वितरण गर्ने कार्यक्रम छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। आजबाट पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिनेछ ।

मेलम्चीको पानी दिउँसो दुई बजेपछि वितरण गरिने

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

मेलम्चीको पानी दिउँसो दुई बजेपछि वितरण गरिने

पर्यटकको पर्खाइमा सामुदायिक होमस्टे

Leave a comment

Your email address will not be published. Required fields are marked *