सल्यानमा जिप दुर्घटना हुँदा १२ जना घाइते, तीनको अवस्था गम्भीर

सल्यान । सल्यानको कुमाख गाउँपालिका(२ धावनखोलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेका छन् ।

सल्यानको मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० न जिप दुर्घटना भएको बुधबार बिहान जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
घाइतेमध्ये दुर्घटनामा परी कुमाख गाउँपालिका(२ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन गम्भीर रहेका छन् । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको सूचना अधिकारी पौडेलले जनाकारी दिए । अन्य घाइतेको सल्लीबजारमा उपचार भइरहेको छ ।
जिप सडकबाट झन्डै ६० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।





