बुधबार सुन र चाँदीकाे मूल्य घट्यो,

काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । छापावाल र तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दा चाँदी भने तोलामा १५ रुपैयाँले घटेको हो ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ छ । मंगलबार ९२ हजार ६ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

बुधबार तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य बुधबारका लागि १२ सय ५० रुपैयाँ तोकिएको छ ।

मंगलबार १ हजार २ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन र  चाँदीकाे मूल्य  घट्यो,

सल्यानमा जिप दुर्घटना हुँदा १२ जना घाइते,

Leave a comment

Your email address will not be published. Required fields are marked *