विश्वकप क्रिकेट : बंगलादेश–इंग्ल्याण्ड भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्वकप सुपर–१२ चरणअन्तर्गत आज बुधबार पनि दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा इंग्ल्याण्ड र बंगलादेश भिड्दै छन्।

यी दुई देशबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि आबुधाबीमा सुरु हुनेछ। जारी प्रतियोगितामा इंग्ल्याण्ड दोस्रो जित निकाल्ने योजनामा हुनेछ।

इंग्ल्याण्डले पहिलो खेलमा वेष्ट इण्डिजलाई ६ विकेटले हराएको थियो। पहिलो खेलमा बंगलादेशको टोलीको खेल राम्रो थिएन। उसले श्रीलंकासँग हार बेहोरेको थियो।

अघिल्लो खेलमा इंग्लिस टोलीले वेष्ट इण्डिजलाई ५५ रनमै अलआउट गरेको थियो। सोही लयलाई कायम गर्दै बंगलादेशलाई हराउने लक्ष्यसहित इंग्ल्याण्ड मैदान उत्रिनेछ। इंग्ल्याण्डले वेष्ट इण्डिजविरुद्ध उत्कृष्ट बलिङ गरेको थियो।

बंगलादेश सुपर १२ चरणमा पहिलो जित निकाल्ने योजनामा हुनेछ। बंगलादेशका लागि शाकिब अल हसनले उत्कृष्ट प्रदर्शन गरे पनि अन्य खेलाडीको प्रदर्शन जति राम्रो रहन सकेको छैन। पछिल्लो खेलमा श्रीलंकाविरुद्धको ब्याटिङमा टोलीको प्रदर्शन राम्रो भए पनि बलरले राम्रो गर्न सकेनन्।

इंग्ल्याण्ड र बंगलादेशले अहिलेसम्म एकअर्काविरुद्ध टी–२० आई खेलेका छैनन्। यी दुई देश पहिलो पटक विश्वकपमा एकअर्काविरुद्ध टी–२० म्याच खेल्न लागेका हुन्। खेल नहुँदा टी–२० मा इंल्याण्ड र बंगलादेशबीचको हेड–टू–हेड रेकर्ड छैन।

आजै हुने अर्को खेलमा नामिबिया र स्कटल्याण्ड भिड्दै छन्। यी दुईबीचको खेल राति पौने आठ बजे सुरु हुनेछ।

विश्वकप क्रिकेट : बंगलादेश–इंग्ल्याण्ड भिड्दै

चीनबाट १० लाख डोज भेरोसेल खोप आइपुग्यो

विश्वकप क्रिकेट : बंगलादेश–इंग्ल्याण्ड भिड्दै

सल्यानमा जिप दुर्घटना हुँदा १२ जना घाइते,

Leave a comment

Your email address will not be published. Required fields are marked *