चीनबाट १० लाख डोज भेरोसेल खोप आइपुग्यो

काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको खोप भेरोसेल नेपाल आइपुगेको छ।

खोप आज बिहान ९ बजेर ४५ मिनेट त्रिभुवन विमानस्थलमा अवतरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलका यो खोप कोभ्याक्स कष्ट सेयरिङ अन्तरगत नेपाल सरकारले खरीद गरेको हो।

नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगत चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौता गरेको छ। सोही सम्झौताको पहिलो खेप आज आएको पौडेलले बताए।

खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिएको छ। आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए।

चीनबाट  १० लाख डोज भेरोसेल खोप आइपुग्यो

बाँदरमा मानिसको मस्तिष्क जिन हाल्दा

चीनबाट  १० लाख डोज भेरोसेल खोप आइपुग्यो

विश्वकप क्रिकेट : बंगलादेश–इंग्ल्याण्ड भिड्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *