दशैंका लागि अग्रिम टिकट बुकिङ खुला‚

काठमाडौं । दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। देशका विभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दशैं मनाउन घर जान्छन् ।

उनीहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट बुकिङ काउण्टर थप गरिएको छ। अग्रिम बुकिङका लागि यातायात व्यवस्था विभागले गत असार २९ मा समायोजन गरेअनुसार भाडा दर कायम गरेको छ।






