१३९ जना चिकित्सकको नाम मेडिकल काउन्सिलले दर्ताबाट हटायो

काठमाडौं : नेपालमा दर्ता भएका १३९ जना चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलले हटाएको छ।

१३७ जना मृत्यु भएका र १ जनाको कागजात गलत भएको र अर्का एकजना चिकित्सक निष्काशित भइसकेकोले काउन्सिलले नाम दर्ता सूचीबाट उनीहरूको नाम हटाइएको बताएको छ।

काउन्सिलले सूचना जारी गर्दै नाम दर्ता भएका चिकित्सकहरूको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, मृत्यु भएका वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरूको नाम हटाउने र दर्ता अभिलेख अद्यावधिक गर्न १० महिला चिकित्सकसहित १३९ जना चिकित्सकको नाम हटाइएको जनाएको छ।

काउन्सिलले नाम हटाइएकामध्ये कुनै चिकित्सकको नाम गल्तीले हटेको भए सूचना प्रकाशित भएको तीस दिनभित्र काउन्सिलमा सम्पर्क राख्न अनुरोध समेत गरेको छ।

१३९ जना चिकित्सकको नाम मेडिकल काउन्सिलले दर्ताबाट हटायो

पीडित किसानलाई राहत देऊ

१३९ जना चिकित्सकको नाम मेडिकल काउन्सिलले दर्ताबाट हटायो

कंगनाले चौथो पटक जितिन् नेशनल अवार्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *