सर्वाधिक पुरस्कार राशिको खुल्ला फुटबल प्रतियोगिता हुदै

दुर्गा विसि : सुर्खेत सिम्ता गाउँपालिका वडा नं ६ राकममा १ लाख रासि पुरस्कारको खुला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।वादेपिपल राकम युवाकल्वको आयोजनामा यहि कार्तिक १२ गतेबाट ठुलो रासि पुरस्कारको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रथम पुरस्कार १ लाख,द्वितिय पुरस्कार ६५ हजार,तृतीय ३५ हजार,वेष्ट पिलर,वेष्ट गोलकिपर र उत्कृष्ट गोल कर्तालाई ५र५ हजार पुरस्कार तोकिएको छ ।

टिम दर्ता कार्तिक ११ गते वेलुकि ५ वजे सम्म तोकिएको छ भने खेल सञ्चालन १२ गते २ वजे देखि सञ्चालन हुने आयोजकले जनाएको छ ।भेरि किनारमा हुने फुटबल प्रतियोगिता खुल्ला स्तरीय हुने जनाएको छ । शुभदिपावलिको अवसर पारेरे भेरि पुल नजिकै भेरि किनारमा खेल हुने जनाएको छ ।

ू स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ बादेपिपल युवा क्लबको आयोजना तथा सिम्ता खेलकुद बिकास समिती र वडा नं ६ राकमको समन्वयमा सिम्तामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको खुल्ला फुटबल प्रतियोगिता, प्रथम सिम्ता गोल्डकप( २०७८ को टिम दर्ता सुरु भईसकेकोले सम्पुर्ण फुटबल खेलाडीहरुलाई समयमै टिम दर्ता गर्नुहुन आयोजन गुलाफ सिंह ठकुरीले जानकारी दिएका छन् ।

सर्वाधिक पुरस्कार राशिको खुल्ला फुटबल प्रतियोगिता हुदै

YUGAAWHAN NATIONAL DAILY (2078-7-09)

सर्वाधिक पुरस्कार राशिको खुल्ला फुटबल प्रतियोगिता हुदै

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *