घुँयत्राे

कोरोनाले जनता आक्रान्त छन् । देशमा ठुलो महामारी छ । जनता सरकारको संरक्षण र अभिभावकत्व खोज्दै छन् तर प्रधानमन्त्री भने कहिले आफ्नै पार्टीका नेताहरुलाई खुइल्याउन र कहिले विपक्षी दलहरुमाथि खनिनै व्यस्त छन् ।
अहिले त झन् सदनबाट बहुमत ल्याउन नसक्ने देखेपछि राष्टपतिको सल्लाहमा ७६(५) मा गएर आफ्नो कुर्चि जोगाउन खोज्दा विपक्षीसँगको लडाइँमा आँफुले गरेको कर्तुतविरुद्ध विपक्षी दल एक भएर अदालत गएसी दैनिक बहाना बनाएर पत्रकार सम्मेलन गर्दै गाली गर्नमै व्यस्त छन् ।
एकातिर जनतालाई घरबाट ननिस्क भन्ने अर्काेतिर चुनावमा जाने भनेर चुनावको मिति घोषणा गर्ने आपसी विरोधाभाषपूर्ण कार्य गरेर जनतालाई वेवकुफ बनाउने कार्यमा नै सरकार लाग्ने हो भने जनतालाई नै यस्तो सरकार र यिनै नेता किन चाहियो ?
सरकारको आश्रय नभए त्यसबेला विपक्षीहरुको कर्तव्य हैन जनतालाई जोगाउने ? विपक्षीहरुपो कहाँनिर कुनबेला कोरोनाबाट पीडित जनतालाई बचाउन अगाडि लागेका छन् ? आउने चुनावमा पनि जनताले यिनै केपी, माधव, प्रचण्ड, शेरबहादुर, महन्थ र महतो अनि डाक्टर साहेव र पौड्याललाई भोट दिने हो भने यस्ता नालायकहरुलाई चुनाव जिताउन र सत्तामा पुर्याउन सरकारले अरबौँ रुपियाँको खोलो बगाएर किन चुनाव गर्नुपर्याे ? त्यसै त ज्यान जोखिममा छ, अँझ भएन भनेर यी दलका भेला र आमसभाले कोरोना फैलाएर जनता झन् कति जोखिममा पर्ने हुन् ?
त्यसै अहिले देखिएका पाँच दलका विपक्षी गठबन्धन र दुई दलका सत्ता गठन बन्धनहरुले मिलिजुली बाँडेर सत्ताको संवाद लेउ र ढुकुटी सिध्याउ यसका लागि जनता तयार छन् । तर महामारीमा बचेको ज्यान फेरि मतदान केन्द्रसम्म पर्याएर दलका लागि अनाहकमा ज्यान फाल्न जनता तयार छैनन् । त्यसैले सरकार हौ कि प्रतिपक्ष हौ ।
जब जनताको हितमा राम्रो निर्यण लिन सक्दैनौ भने जनताको अहितमा निर्णय लिने अधिकार पनि तिमिहरुसित छैन । त्यसैले ओलीबा एक्लै खानोस् या बाँडेर खानोस् । जनता त्यसमा छेकबार बन्न चाहन्नन् । तर जनता बचाउने सोच नबनाउने सरकारले गराउन खोजेको चुनावमा जनता किन होम्मिने ? सरकार त दुईतिहाईको पनि बन्यो, बहुमतको पनि बन्यो, बहुमतविहिन पनि बन्यो । सबै सरकारको स्वाद लिईसक्नु भो । अब फेरि कस्तो सरकार बनाउने र मर्न बाँकी जनता मराउने हो ?
वेदर्षि






