प्रधानसेनापति थापाले सेनाका सकल दर्जालाई सम्बोधन गर्ने

काठमाडौं : सैनिक सेवाबाट अवकाश हुन केही महिना बाँकी भएका प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी जेठ २३ गते सकल दर्जालाई सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रधानसेनापतिमा नियुक्त भएको एक हजार दिनको अवसर पारेर प्रधानसेनापति थापाले आगामी २३ गते विशेष सम्बोधन गर्ने तयारी गरेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

थापा २०७५ भदौ २४ मा प्रधानसेनापतिमा नियुक्त भएका थिए। सम्बोधनमा थापाले तीन वर्षे कार्यकालमा गरेका काम र भावी नेतृत्वको चयनको विषयमा धारणा राख्ने तयारी गरेको बुझिएको छ। थापाको कार्यकाल आगामी भदौ २४ मा सकिदै छ।

सैनिक परम्परा अनुसार थापा साउन २४ गतेदेखि एक महिने बिदामा बस्नेछन्। थापाको अवकाशसँगै रोल क्रम अनुसार बलाधिकृत रथी प्रभुराम शर्मा सेनाको प्रधानसेनापति बन्नेछन्। शर्मा गत वर्षको बैशाखमा रथीमा बढुवा भएका हुन्।

सेनामा दुई जना रथीको दरबन्दी छ । सेनाका अर्का रथी ईश्वर हमाल भने हाल फोर्स कमान्डरका रुपमा मिसनमा छन्

प्रधानसेनापति थापाले सेनाका सकल दर्जालाई सम्बोधन गर्ने

उँभौली पर्व मनाइँदै

प्रधानसेनापति थापाले सेनाका सकल दर्जालाई सम्बोधन गर्ने

देशका अधिकांश स्थानमा वर्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *