सेभ द चिल्ड्रेन बाट जिल्ला अस्पताल लाई ६ लाख बराबरको स्वास्थ्य समाग्री

कालिकोट । विगत लामो समय देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेन र किडार्क नेपालको साझेदारीमा जिल्ला अस्पताल कालिकोट लाई ५ लाख९९ हजार ९सय ८५ रुपैया २५ पैसा बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
संस्थाले मंगलबार जिल्ला अस्पताल कालिकोटका नि.स्वास्थ्य प्रमुख कटक बहादुर महतलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । १५० सय थान पीपीई सेट, २५०थान भीटीएम,१२०० थान सर्जिकल मास्क,२ थान आइआर थर्मामिटर १५० पिस मास्क खै पोष्टर१० पिस स्पेरे कन्टेनर ५० पिस अनुहारमालगाउने फ्रेसिल ५०० पिस सर्जिकल गोल्पस२० बोतल कोलोरिन ४० पिस सेनिटाइजर १० पिस यूटिलिपि गोल्पस लगायतका सामाग्रिहरु सेभ द चिल्ड्रेन परियोजना संयोजक बाले विश्वकर्मा र किडार्क नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डे,नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटका अध्यक्ष भरतराज बिष्ट,सचिव खडानन्द अधिकारी,दियो खवर अनलाइनका पत्रकार तुलराज पाण्डे लगाएको सहभागीतामा हस्तान्तरण गरेका हुन् ।
सामग्री बुझ्दै कटक बहादुर मतहले संकटको बेला सबैको सहयोगको खाँचो भएको बताएका छन् । ‘संकट भएको बेला यो भन्दा अगाडी पनि विभिन्न सहयोगी सस्थाहरुले सहयोग गर्दै आइरहेको र यो भन्दा पछि पनि सहयोगको खाचो छ, कटक बहादुर महतले भने । संस्थाले कालिकोटका ५स्थानीय तह रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका, शुभकालिका गाउँपालिकालाई पनि स्वास्थ्य सामाग्री दिने वाले बिश्वकर्माले बताए ।






